२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व बैंकको अनुदानमा तीन सडक कालोपत्र गरिने

अ+ अ-

गलकोट (बागलुङ) । विश्व बैंकको अनुदानमा बागलुङ नगरपालिकाका तीन सडक कालोपत्र गरिने भएको छ । विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदानका लागि सम्झौताका गरिएको थियो । 

सम्झौता अनुसार रु ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गरिने भएको हो । सम्झौताअनुसार उक्त अनुदान नगरपालिकाले भौतिक पूर्वाधार र सामाजिक कार्यमा खर्च गर्नुपर्नेछ । नगरपालिकाले भौतिक पूर्वाधारमा सडकको विकास नै पहिलो विकास भएको भन्दै उक्त अनुदानमार्फत तीन सडक कालोपत्रे गर्ने गरी काम अघि बढाएको हो ।

सम्झौता तीन वर्षपछि कार्यान्वयनमा आउन थालेको हो । जसअनुसार दुई वर्षभित्र ती सडकहरू कालोपत्रे भइसक्ने गरी बागलुङ नगरपालिकाले डिपिआरको काम सुरु गरेको छ । नगरपालिकाअन्तर्गतका तीन सडकहरू आठ मिटर चौडा बनाइनेछ भने १३ किलोमिटर लम्बाइमा कालोपत्र गरिने भएको हो । 

डिपिआर सक्दासाथ ठेक्कामा लैजाने गरी सडकको स्थल अनुगमन, नाप जाँच तथा विश्व बैंकका प्रतिनिधिले समेत अनुगमन गरिसक्नु भएको बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठले जानकारी दिए । 

“दुई वर्षभित्रै तीन सडक कालोपत्रे गर्ने गरी डिपिआरको अन्तिम तयारी छ, एक महिनापछि डिपिआरको काम सकिन्छ त्यसपछि तत्कालै ठेक्कामा जान्छ र सडक कालोपत्र गरिन्छ” श्रेष्ठले भने, “यस्तो अनुदान देशभरका जम्मा १७ नगरपालिकाले मात्रै पाएको बताउँदै नगरपालिकाभित्रका तीन सडक कालोपत्रले नगरलाई विकासमा टेवा पुग्न निकै सहज हुनेछ ।” 

तीन वर्ष अघिदेखि थालिएको बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत डेढ वर्षभित्र तीनवटा स्तरीय सडक बनाइने उनको भनाइ छ । 

नगरपालिकाका अनुसार वडा नं ७ को मूलपानीदेखि तितौरेसम्म साढे आठ दशमलव छ  किमि, ओडारचौरदेखि ढोडेनीसम्म साढे दुई किमि र गणेशघुम्तीदेखि नीरयघाटको डेढ किमि सडक कालोपत्र गर्न लागिएको बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिए । 

ट्रयाकमात्रै खुलेका उक्त तीन सडकहरू स्तरोन्नतिको पर्खाइमै थिए । सङ्घ र प्रदेश सरकारको प्राथमिकतामा नपरेका र स्थानीय सरकारले निर्माण गर्न नसक्ने सडक विश्व बैंकको अनुदानमार्फत पक्की बनाउन थालिएको हो । 

ती सडकहरू अत्यन्तै सुविधा सम्पन्न हुने र नवीनतम प्रविधि प्रयोग गरेर उक्त सडकहरू निर्माण गरिने छ । नगरपालिकाले मुकामदेखि तीनवटा वडामा कालोपत्र सडकले जोड्न पाउनेछ ।

विश्व बैंकको सहयोग निकायका प्रतिनिधि, परामर्शदाता, शहरी विकास मन्त्रालयको प्रोजेक्ट संयोजक रवीन्द्र बोहरा, सिटुटेक विधान जेभी कन्सल्ट्यान्ट तथा जिल्ला परामर्शदाताको टोली संयोजक रितु बस्नेतसहितको समूहले कालोपत्रे गरिने तीनवटै सडकको स्थलगत अनुगमन गरेर फर्कीसकेको बागलुङ नगरपालिकाले जनाएको छ । उक्त सडकहरू छ मिटरदेखि आठ मिटरसम्म चौडा हुनेछन् ।

सडकमा पर्ने घर तथा अन्य टहरा र संरचना हटाउने काम नगरपालिकाले गर्नुपर्ने छ । बैंकले नेपालभर १७ वटा नगरपालिकामा शहरी शासकीय सुधार तथा पूर्वाधार विकास कार्यक्रममा सहयोग गरेको छ । बागलुङ नगरपालिकालाई यसअघि समेत अनुदानमा सडक निर्माण गरेको थियो । 

उक्त अनुदान सहयोगमा बागलुङ नगरपालिका-४ कुडुँले हुँदै मुलपानीतर्फको चक्रपथ निर्माण गरिएको थियो । अहिले उक्त सडकलाई टुङ्गोमा पुर्‍याइने छ । स्थलगत अध्ययन अनुसार मुलपानीदेखि कालीमाटी जाने सडकमा छ वटा घरटहरा हटाउनुपर्ने देखिएको हो भने ओडारचौर सडकमा १३ घरको केही भाग हटाउनुपर्ने देखिएको छ ।