काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार प्रवेश गर्न क्युआर कोडसहितको गेट पासको व्यवस्था गरिने भएको छ । सिंहदरवार प्रवेशका लागि आवश्यक पासहरूको रेकर्ड प्रणालीलाई व्यवस्थित गर्न भन्दै सचिव बैठकमा क्युआर कोडसहितको प्रवेश पासको व्यवस्था मिलाउने निर्णय भएको हो ।
मुख्यसचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले केन्द्रीय सचिवालय सिंहदरवारमा गेट पास व्यवस्थालाई थप प्रभावकारी बनाउन भन्दै गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहकार्य गरी क्युआर कोडसहितको प्रवेश पासको व्यवस्था मिलाउने निर्णय गरेको हो ।
अहिले सामान्य खालका पासहरू मात्रै प्रयोगमा रहेका छन् । जसलाई सुरक्षाकर्मीहरूले चेकजाँच गरी पठाउनेबाहेक अन्य रेकर्ड राख्ने व्यवस्था छैन ।
