२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुनमाथि विश्वास नगरी कुटपिटमा किन उत्रिए नागरिक ?

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्यकर्मीहरूमाथि आक्रमण प्रवृत्तिकै रूपमा देखा परेको बताएका छन् ।

कानुनको अभावमा यस्ता घटना भयो भनेर कानुन, निकायहरू बनाए पनि अवस्था उस्तै रहेको भन्दै उनले एउटा स्वास्थ्यकर्मी कहिले र कहाँ सुरक्षित छ, असुरक्षित भएर आत्मविश्वास गुमाएको स्वास्थ्यकर्मीले राम्रो स्वास्थ्य सेवामा कसरी दिन्छ ? भनेर प्रश्न उठाएका छन् । साथै कानुन, संयन्त्र र प्रक्रियाप्रति विश्वास गर्न नसकेको नागरिकले कुटपिटमार्फत किन आक्रोश पोख्छन् भन्ने प्रश्न पनि उठाएका छन् ।

पछिल्लो घटनाबारे आफ्नो धारणा सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले कानुन, संयन्त्र र प्रक्रियामा खोट रहेको औँल्याएका छन् । नागरिकलाई भरोसा र स्वास्थ्यकर्मीहरूलाई आत्मविश्वास दिलाउनुपर्ने भन्दै उनले भनेका छन्, ‘जुन किसिमको आक्रोश स्वास्थ्यकर्मीमाथि पोख्ने प्रवृत्ति बढेको छ, यसलाई रोक्न ‘चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आशङ्का वा अविश्वास लागेमा वा कतै कमजोरी वा लापरबाही भएको ठानेमा त्यस विरुद्ध उजुरी दिने र तत्काल संशोधन गर्ने विश्वासिलो संयन्त्र बनाऔँ ।’

उपचारको क्रममा त्यस्तो कुनै घटना भइहाले पीडित पक्षले तत्काल उजुरी दिन सक्ने र र्‍यापिड एक्सन टिमले सम्बोधन गर्ने व्यवस्था गर्नुपर्ने उनको धारणा छ ।

साथै उपचारको विषयसँग सम्बन्धित रहेर स्वास्थ्यकर्मीमाथि आक्रमण गरे आक्रमणकारीलाई तत्काल पुर्पक्षको लागि थुनामा राख्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उनको मत छ ।

थापाले भनेका छन्, ‘चिकित्सक वा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई समेत त्यसमा राखी अझै स्पष्ट र प्रभावकारी बनाउन कानुनी प्रबन्ध गर्नुपर्नेछ भने एकीकृत ढङ्गले कानुन संशोधन गरौँ र कार्यान्वयनको संयन्त्र बलियो बनाऔँ ।’