२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कवड्डीकी कलावती : ‘स्कूलमा कप्तानदेखि एसियालीसम्म’

अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ पारिफाँटाकी १९ वर्षीय कलावती पन्तले तीन वर्षअघि धर्मजनता माध्यमिक विद्यालयमा कक्षा-९ मा अध्ययनरत हुँदादेखि नै कवड्डी खेल्न सुरु गरिन् ।

बाल्यकालबाटै कवड्डी खेल्ने उनको चाहना विद्यालयका खेलकुद शिक्षक गणेश धामीले खेल सुरु गरेर पूरा गरिदिए । 

स्कूलमा कवड्डी खेल्न थालेको तीन बर्षमै कलावतीले आफूलाई चर्चाको शिखरमा पुर्‍याइन् । 

शिक्षकको सहयोगको भरमा कवड्डीमा आएकी कलावती हालै चीनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा महिला कवड्डी टोलीको महत्त्वपूर्ण खेलाडी थिइन् ।

उक्त प्रतियोगितामा काष्य पदक विजेता महिला कवड्डी टोलीमा १२ महिला खेलाडीमध्ये सात सुदूरपश्चिम प्रदेशका थिए । 

उक्त टोलीका सबै खेलाडी विभागीय टोलीमा आबद्ध रहेपनि कलावती भने सुदूरपश्चिमबाटै छनौट भएर एसियालीसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन् ।

“ विभागीय टोलीमा रहेका खेलाडीहरूले नियमित प्रशिक्षणदेखि हरेक कुरामा ध्यान दिएका हुन्छन् ।” उनी भन्छिन्-“ हामी कलेज पढ्दै र घरको पनि काम गर्दै छनौटमा पर्नु सामान्य कुरो होइन ।”

स्कूलस्तरमा हुने कवड्डी प्रतियोगितामा कलावतीले धर्मजनता माविबाट टोलीकोको कप्तानी गरिन् । 

त्यहाँ हुने प्रायः प्रतियोगितामा उनको टोली सधैँ प्रथम भयो । 

केही बर्षअघि जनकपुरमा भएको राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनले सुदूरपश्चिमको टोलीबाट पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागिता जनाएको बताइन् ।

हाल स्नातक तह अध्ययनको तयारीमा रहेकी कलावतीले आफू पनि विभागीय टोलीमा आबद्ध भएर जागिर खाँदै खेलमा अघि बढ्ने चाहना व्यक्त गरिन् । 

“यसपालि सुदूरपश्चिमका सात जनामध्ये म मात्रै विना विभागीय खेलाडी थिए ।

” कलावती भन्छिन्,“ राज्यले लगानी र नियमित प्रशिक्षणमा ध्यान दिए खेलमा अझ बढी माथि पुग्न सकिन्छ भन्ने चीनको एसियाली कपले सिकायो ।”

नवौँ राष्ट्रिय प्रतियोगिता हुनुअघि सुदूरपश्चिमको टोलीमा परेकी उनी सो प्रतियोगिताको पूर्वसन्ध्यामा महेन्द्रनगरस्थित कवड्डी प्रशिक्षण केन्द्रमा तीन महिना बन्द प्रशिक्षणमा बसेको बताइन् ।

सामान्य परिवारमा हुर्किएकी कलावतीको पारिवारिक खर्च बुवा विक्रम पन्तले भारतमा मजदुरी गरेर टार्दै आएका छन् । “बुबाले भारतको उत्तराखण्ड क्षेत्रमा मजदुरी गरेर हामीलाई यहाँसम्म पुर्‍याउनुभयो ।” उनी भन्छिन्-“अब खेलसँगै परिवारमा खुसी थप्ने जिम्मा हाम्रो पनि काँधमा आएको छ ।”

तीन बहिनी र दुई भाईमध्ये बहिनीबाट कान्छी हुन् कलावती । 

उनले राज्यका लागि एसियालीमा पदक ल्याउँदा काठमाण्डौँमा प्रोत्साहन र सम्मान मिलेपनि गृह प्रदेश र जिल्लामा भने कुनै वास्ता नभएको गुनासो गरिन् ।

“विभागीय टोलीमा रहेका प्रायः सबै खेलाडीहरू पदक जितेर र राम्रो प्रर्दशन गरेर आएपछि सम्मानित र पुरस्कृत भएका फोटोहरू सामाजिक सञ्जालमा धेरै नियालेँ ।” कलावती भन्छिन्, “सायद विभागीय टोलीमा भएको भए म पनि सम्मानको भागेदार हुन्थे होला ।”

गृहनगर शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महरा आफूलाई स्वागत गर्न धनगढीस्थित गेटा विमानस्थल पुगेको उनले जानकारी दिइन् ।

“हामी खेलाडीले सम्मान मागेको होइन त्यो गुनासो पनि छैन ।” कलावती भन्छिन्-“ स्थानीय स्तरमा पाइने प्रोत्साहनले थप हौसला मिल्छ भन्ने हो तर त्यो यहाँ भएको छैन ।” त्यसै गरी कवड्डी प्रशिक्षक विश्णुदत्त भट्ट पनि कलावती अनुशासित र मेहनती खेलाडी भएको बताउछन् ।

“ उनी स्कूलस्तरको खेलबाट यहाँ सम्म आएकी हुन् ।” उनी भन्छन्, “त्यसपछि महेन्द्रनगर प्रशिक्षणमा बसियो र नवौँ राष्ट्रिय खेलकुँद प्रतियोगिता हुँदै एसियाली सम्म पुग्नु उनको ठूलो सफलता नै हो ।”