२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्यले बिर्सन नसक्ने र अन्तर्राष्ट्रिय क्षेत्रलाई जानकारी हुने गरी काम गर्छौँ : स्वास्थ्यमन्त्री बस्नेत

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रमा के भइरहेको छ,के गर्नुपर्ने हो,समस्या र चुनौती कस्ता हुन र कसरी अघि बढ्ने भन्ने सन्दर्भमा राज्यलेको बिर्सनै नसक्ने गरी र अन्तर्राष्ट्रिय समुदायलाई समेत जानकारी हुने गरी सबै पक्षलाई समेटेर ठूलो कार्यक्रमको आयोजना गर्ने बताएका छन् ।

आज ललितपुरमा आयोजित एक कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा संलग्न सरकार,विभिन्न अन्तर्राष्ट्रिय डोनर,सङ्घ संस्था देखि नीति निर्माता सम्मलाई एउटै मञ्चमा ल्याई सबै क्षेत्रलाई समेटेर स्वास्थ्य क्षेत्रको अवस्था र भविष्यको निकास निकाल्ने गरी विश्व स्वास्थ्य सेवा दिवसको दिन दशरथ रङ्गशालामा ठूलो कार्यक्रमको आयोजना गर्ने र त्यसमा आफूहरूले गरेको काम देखाउने बताए ।

‘नेपाल राष्ट्रले सधैँभरि सम्झने मात्र होइन अन्तर्राष्ट्रिय डोनर,पार्टनर्स,सङ्घसंस्था र हाम्रो स्वास्थ्य क्षेत्रमा काम गर्नेले मात्र होइन अरु क्षेत्रमा काम गर्नेले पनि सिक्नु पर्छ भन्ने किसिमले हामी विश्व स्वास्थ्य सेवा दिवसको दिन दशरथ रङ्गशालामा कार्यक्रम गर्छौँ’, मन्त्री बस्नेतले भने ‘त्यो कार्यक्रम भनेको यो क्षेत्रमा काम गर्ने सबै विकास साझेदार र नगर गाउँपालिकाका प्रतिनतित्व गराउने,संवैधानिक क्षेत्र,राष्ट्र प्रमुखलाई एकै ठाउँमा ल्याएर स्वास्थ्य क्षेत्रमा के भइरहेको छ,के गर्नु पर्ने हो,के कमी छ र कसरी काम गर्न सक्छौ भन्ने कुरा समेत पुरै देश र अन्तर्राष्ट्रिय क्षेत्रलाई जानकारी हुने गरी हामी काम गर्छौँ ’, मन्त्री बस्नेतले भने ।

यस्तै उनले स्वास्थ्य शिक्षाको क्षेत्रमा जति राम्रो र धेरै काम गर्‍यो उति नै आफूप्रति गाली बढ्दै गएको आरोप पनि लगाएका छन् ।
उनले समाजमा राम्रो काम देख्न नचाहनेहरू रहेका र उनीहरूबाट गाली धेरै आउने गरेको टिप्पणी गरे । उनले आफूले मन्त्रालयमा आएपछि स्वास्थ्य शिक्षा क्षेत्रमा राम्रा काम गरेका र योगदान पुर्‍याएका कर्मचारीलाई एक कार्यक्रमको आयोजना नै गरी सम्मान गरेको स्मरण गर्दै आवश्यकता अनुसार समाजमा राम्रो काम गर्नेलाई प्रतिस्पर्धाबाट सम्मान गर्नुपर्ने धारणा राखे ।

आफूले मन्त्रालय सम्हालेपछि स्वास्थ्य क्षेत्र र मन्त्रालयको धेरै समस्यालाई समाधान गरेको जिकिर गरेर नथाक्ने उनले आजपनि आफ्ना कामको चर्चा गर्न छाडेनन् । उनी यतिमै रोकिएनन् । स्वास्थ्य शिक्षाको क्षेत्रमा सके जति काम आफूहरूले गरिरहेको उनले बताए ।

धेरै र राम्रा काम गर्नेलाई समाजमा राम्रा काम भएको देख्न नचाहनेले गाली गर्ने भन्दै उनले अरूलाई सचेत गराउँदै भने, ‘सक्ने काम हामी गरिरहेको छौँ । तपाईँहरू पनि जति राम्रो काम गर्नुहुन्छ गाली धेरै आउँछ । हामी बेस्सरी काम सुरु गरिराको छौ, गाली फेरी सुरु भएको छ । समाजमा राम्रो काम देख्न नचाहने हुन्छन् । त्यो समाचारमा झन् धेरै बिक्छ । त्यसको प्रभाह नगरी आफ्नो कमजोरीलाई सुधार्नुपर्छ भनेर हामीले काम गर्ने हो ।’