काठमाडौँ । कोशी प्रदेश सभामा संसदीय समिति गठनका लागि सांसदहरूको नाम मनोनयन गरिएको छ । ७ वटा समिति रहेको प्रदेश सभामा चुनावको एक वर्षपछि समिति गठन प्रक्रिया सुरु भएको हो ।
प्रदेश सभाको चौथो अधिवेशनको छैटौँ बैठकमा उपसभामुख सृजना दनुवारले समितिमा मनोनीत सदस्यको नाम पढेर सुनाइन् । कोशीमा ७ वटा विषयगत समितिहरू छन् ।
ती समितिमध्ये न्याय प्रशासन तथा विधायन समितिमा अम्बरबहादुर विष्ट, खगेश्वरी पौडेल, गीता तिम्सिना, गम्बु शेर्पा, भूपेन्द्र राई, रमेशकुमार बस्नेत, रामबहादुर मगर, ललिता कुमारी चौधरी, लीलाबल्लभ अधिकारी, विनोद राई, शिला दीक्षित कार्की र होमबहादुर थापा मनोनयन भएका छन् ।
सुशासन तथा योजना समितिमा इन्दिरा थापा, इन्द्रबहादुर आङ्बो, उद्धव थापा, कमला दर्नाल, नारायण बहादुर मगर, निर्मला लिम्बू, भक्तिप्रसाद सिटौला, भूमिप्रसाद राजवंशी, मालतीकुमारी लिम्बु, मिना श्रेष्ठ, राजेन्द्रकुमार राई, राधाकृष्ण खनाल, लखी कुमारी गणेश, हिक्मतकुमार कार्की र लीलाकुमारी राई मनोनीत भएका छन् ।
अर्थ समितिमा गोपाल तामाङ, छविलाल चुँडाल, जीवन आचार्य, ज्ञानेन्द्र सुबेदी, तारा ढकाल, बाबुराम गौतम, मानबहादुर लिम्बु, रामकुमार खत्री, रोहितबहादुर कार्की, विजयकुमार राई, विदुर कुमार लिङ्थेप, सविना बजगाईँ, सुनिताकुमारी गुरुङ त्यस्तै सार्वजनिक लेखा समितिमा किशोरचन्द्र दुलाल, गितारानी महतो, दुर्गाप्रसाद चापागाईँ, पाँचकर्ण राई, प्रदीपकुमार सुनुवार, प्रेमराज थाम्सुहाङ, भीम पराजुली, यशोदा कायस्थ, रेवती रमण भण्डारी, सदा नन्द मण्डल र हिमाल कार्कीलाई मनोनयन गरिएको छ ।
सामाजिक विकास समितिमा इस्राइल मन्सुरी, गयानन्दमण्डल गन्गाइ, गीतादेवी रेग्मी, तिल चन्द पाठक, नम्बरलाल धिमाल, ममता तामाङ, राजन किराँती, रामदेव यादव, विद्या चाम्लिङ राई, शोभा चेम्जोङ, सपना दर्जी र सिर्जना राई छन् ।
उद्योग पर्यटन तथा वातावरण समितिमा उमाकान्त गौतम, कमला थापा, खगेन्द्रसिंह हाङ्गाम, खिनु लङ्वा लिम्बु, जयप्रकाश चौधरी, गोपालबहादुर विश्वकर्मा, निरन राई, निरादेबी खनाल, बुद्धिकुमार राजभण्डारी, मैयाँ श्रेष्ठ, राजेन्द्र कार्की, सुनिता चौधरी र सम्झना तामाङ थाम्सुहाङ छन् ।
प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिमा अमृतकुमार अर्याल, इन्द्रमणि पराजुली, खड्गबहादुर बस्नेत, एकराज कार्की, गोविन्द गिरी, डोल्मा तामाङ, तिलकुमार मेन्याङ्बो निमसरी राजवंशी, नुरसदी बेगम, वन्दना झाँगड, मोहन महर्जन र रामप्रसाद महतोलाई मनोनयन गरिएको छ ।







