२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफवाह फैलाएको भन्दै चीनले बन्द गर्‍यो ३४ हजार अनलाइन

अ+ अ-

सांघाई । अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन  खाता बन्द गरेको छ । 

चिनियाँ प्रहरीले अप्रिलमा शुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागको रूपमा, अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन खाताहरू बन्द गरेको छ भने  ६ हजार ३०० भन्दा बढी व्यक्तिहरूलाई त्यससँग सम्बन्धित अपराधमा कारबाही गरेको राज्यका विभिन्न सञ्चार माध्यमले शुक्रबार उल्लेख गरेका छन्।

चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा नियन्त्रणमा राखेको छ । सामाजिक स्थायित्वको रक्षाको नाममा सामाजिक सञ्जालको व्यापक सेन्सरशिप गरिएको र प्रायः नकारात्मक कथन र आलोचनालाई दबाउन यसो गरिएको बताइन्छ । 

प्रहरीले प्रहरी,  महामारी, खतरा र प्रकोप जस्ता संवेदनशील विषयमा गलत जानकारी सम्प्रेषण गर्ने जस्ता अवैध र आपराधिक गतिविधिहरूमाथि कडा कारबाही गरेको राज्य प्रसारक सिसिटिभीले शुक्रबार उल्लेख गरेको छ ।

‘अहिलेसम्म देशभरका सार्वजनिक सुरक्षा निकायले ४ हजार ८ सयभन्दा बढी अनलाइन अफवाहका घटनामा अनुसन्धान गरी अफवाह फैलाउने ६ हजार ३ सयभन्दा बढीलाई कानून बमोजिम कारबाही गरेको छ । साथै ३४ हजार अवैध खाता बन्द गरेको पनि  सिसिटिभीले जनाएको छ । यसै बीच सिसिटिभीले अप्रिलमा ‘क्लिन नेट’ अभियान शुरु भएदेखि नै प्रहरीले २७ हजार गलत सूचना मेटाएको र साइबर बुलिङका  विषयमा ५०० भन्दा बढी सामाजिक खाताहरू बन्द गरेको बताएको छ।

प्रहरीले सन् २०२४ लाई अनलाइन अफवाह विरुद्ध लड्न विशेष कार्यको वर्ष को रूपमा तोकेको छ र त्यही अनुसार कारबाही प्रक्रियालाई तीव्र पारेको छ ।