२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटका अधिकांश सूचक सकारात्मक रहेको अर्थमन्त्रीको दाबी

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको दाबी गरेका छन् ।

चालु आर्थिक वर्ष २०८०-८१ को बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री महतले कठिन परिवेशमा आफूले जिम्मेवारी लिएको बताए ।

‘काम गर्ने कुरा, कुरा गरेको जस्तो हुन्न । आर्थिक सुधारको विषयमा तत्काल परिणाम निस्कन्न,’ महतले भने, ‘जति सूचक छन्, सकारात्मक छन् । सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि बढ्छ, सार यही हो । बजेट व्यवस्थापनमा चुनौती भने छन् ।’

बजेट पद्धतिलाई चुस्त बनाउन अझै केही समय लाग्ने उनले बताए । ‘सूचक सकारात्मक बन्दै गए पनि लक्ष्यअनुसार सूचक आएनन्, तथापि प्रगति छ,’ उनले भने ।

अर्थमन्त्री महतका अनुसार पर्यटन क्षेत्रमा सुधार भएको छ । मूल्यवृद्धि नियन्त्रणमा छ, कर्जा प्रवाहमा चिन्ता थियो, तर आगामी दिनमा अझै बढ्छ भन्ने ‘कन्फिडेन्स’ बढाउनु छ ।

‘विप्रेषण बढी चलायमान हुँदा आर्थिक गतिविधि बढ्छ, वस्तु आयात घटेको छ, निर्यात घटेको छ,’ महतले भने, ‘निर्यात कम हुनुमा उत्पादनशील क्षेत्रले गति नलिँदा कम भएको हो । आयातमा गैरभन्सार चुहावटको आशंका गरिएको छ । सरकारको खर्चमा सबैको चिन्ता छ । समग्र खर्च ३२.५७ प्रतिशत छ ।

अर्थमन्त्री महतका अनुसार राजस्व संकलन ७७.४ प्रतिशत मात्र छ । राजस्व वृद्धिदर ९.६७ प्रतिशत छ ।