२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँके प्रशासनद्वारा लागू औषध पुनर्स्थापना केन्द्रको अनुगमन

अ+ अ-

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले विभिन्न लागू औषध पुनर्स्थापना केन्द्रको अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीको नेतृत्वमा खटिगएको टालिले अनुगमन गरेको हो ।

टोलीले प्रयास नेपाल नेपालगन्ज- १०, नव किरण पुनर्स्थापना केन्द्र नेपालगन्ज- १० र प्रेरणा पुनर्स्थापना केन्द्र नेपालगन्ज– १० को अनुगमन गरेको हो । अनुगमनको क्रममा ३ वटै केन्द्रले गृह मन्त्रालयबाट आबद्धता प्राप्त गरेको र आधारभूत मापदण्ड पूरा गरेको पाइएको थियो ।

अनुगमनपछि सरसफाइ, पुस्तकालय सुविधा, गुणस्तरीय चिकित्सकीय सुविधा र सुरक्षा जस्ता विषयहरूमा अझ बढी संवेदनशील भई जिम्मेवार र जबाफदेही बन्न बुधबार प्रशासनले निर्देशन दिएको छ । तीन वटै केन्द्रबाट कुल ७६ प्रयोगकर्ताहरूले उपचार सेवा लिइरहेका छन् ।

लागू औषधको प्रयोग र कारोबारको दृष्टिकोणबाट बाँके जिल्ला नेपाल कै आठौँ संवेदनशील जिल्लाको रूपमा रहेको छ । जिल्लामा चालू आ.व.को ७ महिनामा लागू औषधको सेवन, कारोबार सम्बन्धी ३७ वटा मुद्दा दर्ता भएका छन् । ५१ जना कारोबारीलाई प्रतिवादी बनाइएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए ।

जिल्लामा २२ वटा उपचार केन्द्र दर्ता भएकोमा सेवा सञ्चालन २० वटाले गरिरहेका छन् । २० वटामध्ये महिला प्रयोगकर्ताहरूलाई मात्र लक्षित गरी एउटा उपचार केन्द्र सञ्चालन भइरहेको प्रजिअ पोखरेलले बताए । नवदृष्टि महिला उपचार तथा पुनर्स्थापना केन्द्रमा २३ जना महिला लागू औषध प्रयोगकर्ताहरूको उपचार भइरहेको छ ।