९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमएम कप राष्ट्रिय क्रिकेट : मधेस प्रदेश दोस्रो पटक ‘च्याम्पियन’

अ+ अ-

कास्की । मधेस प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यु-१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको तेस्रो संस्करणको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको सानदार जित निकाल्दै मधेस दोस्रो पटक च्याम्पियन बन्न सफल भयो । 

यसअघि मधेसले पहिलो संस्करणको उपाधि जितेको थियो । च्याम्पियन बनेको मधेशले रु एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको सुदूरले रु ५० हजार र ट्रफीमा चित्त बुझायो ।

खेलमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम २० दशमलव दुई ओभरमा ८६ रन जोडेर ‘अलआउट’ भयो । सुदूरलाई सस्तैमा रोक्न मधेसका बलर धीरेन्द्र पासवानले चार र रोहन यादवले तीन विकेट लिए । सुदूर पश्चिमका लागि विशाल विष्टले २४, निराजन गौतमले १८ र सचिन साउदले १४ रन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन् । 

मधेसका कप्तान चन्दन राम, मेराज आलम र वासिम अलि मन्सुरीले समान एक/एक विकेट लिए । उपाधिका लागि ८७ रनको लक्ष्य मधेसले २० ओभरको चौथो बलमा पाँच विकेट गुमाएर भेटाउन सफल भयो । सुरुआती चरणमा मधेसको ब्याटिङ धरमराए पनि मोहमद अरमानले २० र परिमार्जन यादवले ३० रनको योगदान दिएपछि जितको आधार तयार भयो । सुदूरपश्चिमका लागि डम्बर माझीले दुई, निराजन गौतम र नीरज ऐरले समान एक/एक विकेट लिए।

गत माघ २८ गतेदेखि सुरु भएको प्रतियोगितामा मधेस प्रदेशका चन्दन राम प्लेयर अफ दि सिरिज घोषित भए । उनले प्रतियोगितामा ८३ रनको व्यक्तिगत योगदान दिँदा १० विकेट लिएका थिए । 

प्रतियोगिताभर सर्वाधिक १४ विकेट लिएका सुदूरपश्चिमका डम्बर माझी उत्कृष्ट बलर घोषित भए । मधेस प्रदेशका राहुल हक अन्सारी उत्कृष्ट ब्याटर बन्न सफल भए। उनले एक ५२ रन बनाएका थिए । 

प्रतियोगिताका विजेता टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, प्रतिनिधिसभाका सांसद एवं सेन्टरका अध्यक्ष ठाकुर गैरे, पूर्वमन्त्री एवं सेन्टरका उपाध्यक्ष रामकुमारी झाँक्री लगायतले नगद ट्रफी मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए । ‘वन डे फर्मयाट’ अन्तर्गत २५ ओभरको ‘लिग कम नकआउट’मा खेल खेलाइएको थियो । प्रतियोगितामा मधेस र सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम तथा आयोजक मनमोहन मेमोरियलले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस