८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खिमलाल देवकोटाले भने-महावीर पुनजस्ता व्यक्ति राष्ट्रिय सभामा हुनुपर्छ

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनजस्ता व्यक्तित्वहरू राष्ट्रिय सभामा हुनुपर्ने बताएका छन्।

शुक्रवार राष्ट्रिय सभा बैठकमा उनले पुनजस्ता आविष्कारको क्षेत्रमा कार्यरत व्यक्तित्वलाई राज्यले सम्मान गर्नुपर्ने समेत बताए। सांसद देवकोटाले पुनले चलाएको अनुसन्धानको अभियानलाई तीनवटै तहका सरकारले साथ दिन आवश्यक रहेको बताए। 

उनले पुनले पछिल्लो समय वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि पुस्तक बिक्रीको अभियान चलाएको उल्लेख गर्दै त्यसमा सरकारलाई लज्जाबोध हुनुपर्ने बताए।

सांसद देवकोटाले सो कृषि औजार कारखाना सञ्चालनका लागि आविष्कारक पुनसँग कुनै सम्झौता भएको भए त्यसबारे संसद्लाई जानकारी गराउन पनि सरकारसँग माग गरे।

उनले भने, ‘वीरगंज कृषि औजार कारखाना चलाउनु छ, पैसा चाहियो भन्दै किताब बेच्दै हिँडिरहनु भएको छ। एकजना व्यक्तिले किताब किन्नुहोस्, सरकारी कारखाना चलाउनुछ भनेर आँट र हिम्मतका साथ जसरी उहाँ अगाडि बढ्नुभएको छ‚ यसको प्रशंसा गर्नैपर्छ तर सरकारका लागि यो विषय लज्जास्पद हुनुपर्ने हो‚’ उनले भने‚ ‘उहाँसँग सरकारले कारखाना सञ्चालनको सन्दर्भमा के, कस्तो सम्झौता गरेको छ ? वास्तविकता के हो ? संसद्लाई जानकारी दिनुपर्‍यो।’

प्रतिक्रिया दिनुहोस