२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिको लक्ष्य साकार गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य साकार पार्न क्रियाशील रहेको बताएका छन् । 

प्रधानमन्त्री दाहालले मौलिक पहिचानको संरक्षणमार्फत आन्तरिक एकता सुदृढ गरी राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक रूपले विविधतायुक्त राष्ट्र भएको उल्लेख गरे। उनले यस्ता चाडपर्व, धर्म र संस्कारले आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता प्रवर्द्धन तथा राष्ट्रिय एकता र राष्ट्र हितलाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका बताए ।

प्रधानमन्त्री दाहालले एक महिनासम्म मनाइने रमजान पर्वमा महिनाभरिमा इस्लाम धर्मावलम्बी सूर्यको उदय र अस्तको बीचमा निराहार व्रत बसी आत्म सन्तुलन, आत्मविश्वास तथा मानवीय तृष्णालाई सीमित गरेर भक्तिभावतर्फ केन्द्रित हुने उल्लेख गरे । रमजान पर्व व्रत अर्थात् रोजामात्र नभई मानवता, सहयोगी भावना र सद्भावजस्ता पवित्रताका अभ्यासको संयोजनका रूपमा रहेको बताए।

प्रधानमन्त्री दाहालले रमजानमा महिनाभर दान दिने, गरिब र असहायलाई सेवा गर्नेसमेत गरिने उल्लेख गरे । यस पर्वले मानिसलाई सत्मार्गमा डोर्‍याउन, विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरितसमेत गर्दै आएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले रमजानको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीलगायत समस्त दिदीबहिनी तथा दाजुभाइमा रमजानुल मुवारक र सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले यस पर्वले मुलुकको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहिष्णुता, सहकार्य र राष्ट्रिय एकतालाई थप मजबुत पार्दै राष्ट्रको समृद्धि र विकासमा एकताबद्ध हुन थप प्रेरणा मिलोस् भनी कामना गरेका छन्।