काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सहरकारीबारे संसदीय छानबिन समिति गठनको माग गरेको छ ।
बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले संसदीय छानबिन समिति गठनको माग गरे । ‘सहकारीको समस्या समाधानको सम्बन्धमा छानबिन समिति बनाऔँ,’ उनले भने ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारीको रकम हिनामिनाबारे छानबिनको माग गत फागुन २४ गतेदेखि गर्दै आएको छ । सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने आरोपित रहेको भनी काँग्रेसले प्रश्न उठाउँदै आएको छ । पछिल्लो समयसम्म पनि गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडानमा काँग्रेस कायम छ ।
यही बेला राप्रपाले पनि सहरकारीबारे संसदीय छानबिन समिति गठनको माग गरेको हो ।







