१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाञ्चल विश्वविद्यालयमा ३०० शैय्याको अस्पताल र विराटनगर चक्रपथ निर्माण अघि बढाइने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनमा ल्याइ गुणस्तरीय स्वास्थ्य सेवाका लागि सरकारले पहल गर्ने बताएका छन् ।

विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘यस क्षेत्रका जनताका आशा अपेक्षाबारे म राम्रै जानकार छु । मेरै पहलमा नै पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त भएको कुरा पनि म स्मरण गराउन चाहन्छु’, उनले बोल्ने क्रममा भने, ‘यस क्षेत्रको अधिक जनसंख्यालाई सर्वसुलभ र गुणस्तरीय उपलब्ध गराउन ३०० शैय्याको अस्पताल पूर्वाधार निर्माण आगामी आर्थिक वर्ष सुरु गरिने विश्वास पनि म तपाईंहरुलाई व्यक्त गर्न चाहन्छु ।’

उनले यस क्षेत्रका जनतालाई स्वास्थ्य र शिक्षा प्रदान गर्नेतर्फ सरकारले विशेष चासो राखिरहेको ‘प्रचण्ड’ले बताए । उनले आजै पनि दीक्षान्त समारोहमा आउनुअघि एमबीबीएस कक्षा सञ्चालन गर्ने दुईवटा भवनको उद्घाटन गर्ने अवसर पाएको उल्लेख गर्दै उनले तत्कालै आवश्यक स्वीकृतिसहित मेडिकल कलेजको सुरुवातका लागि पहल गरिने बताए ।

‘अब यहाँबाट गएपछि त्यसको निम्ति आवश्यक स्वीकृतिसहित कलेज सञ्चालनको व्यवस्था गरिने कुरा पनि जानकारी गराउन चाहन्छु’, उनले भने । त्यस्तै, उनले रणनीतिक विराटनगर चक्रपथको निर्माण कार्यलाई आगामी आर्थिक वर्षदेखि योजनाबद्ध तवरले अगाडि बढाउने विश्वास पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस