१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेडक्रस अनियमितता प्रकरण छानबिन गर्न मन्त्रालयले बनायो समिति

अ+ अ-

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भनिएको नीतिगत तथा आर्थिक भ्रष्टाचार छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट आइतबार समाज कल्याण परिषद्का कार्यसमिति सदस्यको संयोजकत्वमा समिति गठन गरिएको हो । छानबिन समितिमा परिषद्को अनुगमन विभाग प्रमुख, प्रशासन विभाग प्रमुख, कानुनी सल्लाहकार र चार्टर एकाउन्टेन्ट रहेका छन् ।

रेडक्रसमा नीतिगत तथा आर्थिक भ्रष्टाचार भएको विषय छानबिन गरी दोषीउपर कारबाही माग गर्दै उजुरीहरू परेको भन्दै त्यस सम्बन्धमा सत्य-तथ्य छानबिन गर्न समिति गठन गरिएको परिषद्का कामु निर्देशक दुर्गाप्रसाद भट्टराईले रेडक्रस कार्यालयलाई आइतबार गरेको पत्राचारमा उल्लेख छ । नीतिगत तथा आर्थिक भ्रष्टाचार विरुद्धका उजुरीउपर सत्य(तथ्य पत्ता लगाएर ४५ दिनभित्र सिफारिस सहितको प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ । छानबिन समितिको प्रतिवेदन प्राप्त नभएसम्मका लागि दैनिक प्रशासनिकसम्बन्धी कार्य र आपत्कालीन कार्यक्रमबाहेक संस्थालाई दीर्घकालीन असर पर्ने प्रकृतिका कार्यहरू नगर्नुरनगराउन रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयलाई निर्देशन दिइएको छ ।

आइतबार महिला मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई समेत बोधार्थ लेखी रेडक्रस केन्द्रीय कार्यालयलाई परिषद्ले पठाएको पत्रमा भनिएको छ, ‘संस्थालाई दीर्घकालीन असर पर्ने प्रकृतिका कार्यहरू नगर्नुरनगराउन हुन निर्णायानुसार जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस