८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा आगलागीबाट २५ लाख बराबरको क्षति

अ+ अ-

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-८ स्थित बालापुरमा आज भीषण आगलागी भएको छ । 

बालापुरका स्थानीय चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको दुई गोठ र दुई घरसहित चार संरचनामा आगलागी हुँदा क्षति भएको राप्तीसोनारी-८ का वडाध्यक्ष शालिकराम डाँगीले जानकारी दिए । 

उनका अनुसार थारुको घरमा रहेको अन्नपात, लत्ताकपडालगायत गरगहनासमेत जलेर नष्ट भएको छ । स्थानीय गिरी परिवारको एक-एक गोठमा लागेको आगलागीमा परेर भेडा, बाख्रा, भैँसी जलेर मरेको वडाध्यक्ष गिरीले उल्लेख गरे । घटनाको सबै विस्तृत विवरण आएको नआएको र क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ । 

करिब दुई घण्टा लगाएर अग्नि नियन्त्रक उपकरणका साथै दमकलसहित गएको टोलीले करिब तीन घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो । विद्युतीय अनियमितता कारण एक्कासि सल्किएको आगो केहीबेरमै नियन्त्रण बाहिर जाँदा त्यहाँ रहेका लत्ताकपडा, गरगहना, घर पालुवा जनावरलगायत अन्न जलेर नष्ट भएको हो । 

आगलागीका कारण करिब रु २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । यसबाहेक राप्तीसोनारी वडा नं २ का जङ्गलमा पनि डढेलो लागको छ । दिउँसोमा चल्ने तातो हावाले डढेलोलाई फैलाउन सहयोग गरेको शम्शेरगञ्ज सव डिभिजन कार्यालय बाँकेले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस