११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रको चाबी समातेको नेतृत्व नै भ्रष्ट छ : चित्रबहादुर केसी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक नेतृत्व जनजीविकाको सवालबाट विचलित भएका कारण मुलुकमा गणतान्त्रिक व्यवस्था पनि अफाप भयो भन्ने जमात बढेको बताएका छन् । 

काठमाडौँमा बुधबार १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेकपा मसालको नवौँ महाधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उनले वर्तमान व्यवस्थाबाट समाजवादको बाटोमा जान ढिला गर्न नहुने बताए । 

राष्ट्रको चाबी समातेका नेताहरू नै भ्रष्ट भएपछि गणतन्त्रविरुद्धको जनमत बढेको आरोप पनि उनले लगाए । 

उनले भने, ‘राजनीति, पार्टीहरूप्रति, नेताहरूप्रति र लोकतन्त्र, गणतन्त्रप्रति जनताहरूको व्यापक घृणा र निराशा छ । त्यसैले हामीले यही लोकतन्त्र र गणतन्त्रबाट नेपाली जनताको समस्या हुने भए त दैनिक तीन हजार पाँच सय नेपाली बाहिर भाग्ने थिएनन् । अहिले पनि यो लोकतन्त्र गणतन्त्रलाई सुध्याउनुपर्छ भन्ने ठूलो जनमत छ । त्यसको कारण जसले यो व्यवस्था ल्याएका हुन् उनीहरू नै भ्रष्ट छन् । जसले राष्ट्रको चाबी समातेको छ त्यो नै भ्रष्ट भएपछि सबै नीतिको माउ नीति राजनीति, जुन देशका अगुवाइ गर्नेहरू भ्रष्ट हुन्छन् । ती भ्रष्टप्रति जनताको घृणा छ ।’ 

यस्तै, उनले पृथ्वीमा भएका सबै मानिसलाई खान, लाउन, बिरामी हुँदा औषधि गर्न पुग्ने सम्पत्ति भए तापनि जनता पीडामा बाँच्नु परेको भन्दै १० प्रतिशतले सबै सम्पत्ति आफ्नो हातमा राखेको बताए ।

कम्युनिस्ट पार्टी पनि पुँजीवादी पार्टीमा परिणत हुने क्रम बढ्दै गएको भन्दै उनले त्यसको परिणामस्वरुप वर्तमान राजनीति अस्थिर अवस्थामा पुगेको भनाइ राखे । लोकतन्त्र र गणतन्त्रलाई प्रयोग गरेर अहिलेको भन्दा राम्रो समाजवाद निर्माणको प्रक्रियामा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । 

उनले भने, ‘नेपालमा अहिले केही पनि हुँदैन भन्ने भाष्य निर्माण हुँदै गएको छ । सबै बाहिर जाने क्रम बढ्दो छ । अहिले देशमा गम्भीर सङ्कट छ । लोकतन्त्र, गणतन्त्रको काम छैन भन्ने हल्ला पनि बढ्दो छ । लोकतन्त्र, गणतन्त्रलाई चारैतिरबाट हमला भइरहेको छ । हामीले लोकतन्त्र, गणतन्त्रलाई प्रयोग गरेर अहिलेको भन्दा राम्रो समाजवाद ल्याउने हो ।’

राजनीतिक नेतृत्वले मुलुकको निराशा चिर्नेगरि काम गर्नुपर्ने चुनौतीलाई गम्भीर भएर मनन गर्नुपर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस