२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन्यजन्तुका लागि ८३ पोखरी निर्माण

अ+ अ-

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिएको छ ।

बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले वनमा रहेका पानीका स्रोत सुकेर जाँदा वन्यजन्तुलाई खानेपानीको समस्या भएकाले निकुञ्जभित्र ८३ वटा कृत्रिम पानीपोखरी निर्माण गरिएको हो ।

राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार चालु आर्थिक वर्षभन्दा पहिले निकुञ्जभित्र ८० वटा पोखरी निर्माण भएको थियो । चालु अवमा तीन वटा बोरिङसहितको पोखरी निर्माण गरिएको जनाउँदै तीन ठाउँमा बोरिङ मात्रै गरेर खाल्डोमा पानी सङ्कलनको व्यवस्था गरिएको उनले जानकारी दिए ।

वन्यजन्तुको चहलपहल हुने क्षेत्रमा गर्मीको बेला पानीको खोजीमा जनावर भौँतारिने गरेकाले कृत्रिम पोखरी निर्माण गरिएको संरक्षण अधिकृत साहको भनाइ छ । निकुञ्जमा रहेका जलाशयमा अत्यधिक गर्मी बढेपछि पानीको सतह घटेको भन्दै कृत्रिम पोखरी निर्माण गरी बोरिङ गाडेर पानीको व्यवस्थापन गरिँदै आइएको उनले बताए ।

निकुञ्ज कार्यालयका अनुसार निकुञ्ज क्षेत्रमा पानीको स्थायी स्रोत नहुँदा गर्मीयाममा पानीको अभाव हुने र पाटेबाघलगायत चित्तल, जरायो, नीलगाई, लगुना, चितुवा, बाँदर र हात्तीसहितका वन्यजन्तु पानीको खोजीमा राप्ती नदीसम्म पुग्ने गरेका छन् ।

निकुञ्जभित्र विभिन्न ठाउँमा कृत्रिम पोखरी निर्माण गरेर सौर्य ऊर्जामार्फत मोटर सञ्चालन गरेर वन्यजन्तुका लागि खानेपानीको व्यवस्था मिलाइएको वरिष्ठ संरक्षण अधिकृत साहले जानकारी दिए ।