११ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पछिल्लो २४ घण्टामा ६४३ जना सवारीचालक कारबाहीमा

अ अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ६४३ जना सवारीचालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमनलाई व्यवस्थित बनाउने तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले गरिएको निगरानी र जाँचका क्रममा नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको हो ।

उनका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे)गरी सवारी चलाउने ६८ जना, सिसीटिभी क्यामेराको निगरानीबाट पहिचान भएका ४० तथा ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने ३४ जना रहेका छन् ।

त्यसैगरी, तीव्रगतिमा सवारी चलाउने १०३, निषेधित क्षेत्रमा हर्न बजाउने नौ, सवारीसाधनको अवस्था ठीक नभएका आठ, एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने आठ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ३७३ जनालाई कारबाही गरिएको कार्यालयले जनाएको छ । कारबाहीमा परेका चालकलाई सवारी तथा यातायात व्यवस्थासम्बन्धी प्रचलित ऐन कानुनअनुसार जरिवानासहित आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रवक्ता सुवेदीले ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गर्नुको मुख्य उद्देश्य जरिवाना असुल गर्नु नभई सडक दुर्घटना न्यूनीकरण गर्नु तथा नागरिकको सुरक्षित यात्रालाई सुनिश्चित गर्नु रहेको बताए।

विशेषगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्रगतिमा सवारी हाँक्ने, ट्राफिक संकेतको बेवास्ता गर्ने तथा जथाभावी सवारी चलाउने प्रवृत्तिले सडक दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी र जाँचलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले उपत्यकाका मुख्य सडक, चोक, चौराहा तथा सवारीसाधनको बढी चाप हुने क्षेत्रमा नियमित जाँच गर्नुका साथै सिसीटिभी क्यामेरामार्फत पनि सवारी नियम उल्लंघन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ । सडकमा सवारीचालकको लापरवाहीका कारण चालक स्वयं, यात्रु तथा पैदलयात्रुसमेत जोखिममा पर्ने भएकाले सबैले ट्राफिक नियमको अनिवार्य पालना गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक अनुशासन कायम राख्न, सवारी दुर्घटना न्यूनीकरण गर्न तथा सुरक्षित यातायात प्रणालीको विकास गर्न नियमित निगरानी, जाँच र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

साथै, ट्राफिक प्रहरीले सवारी चलाउँदा तोकिएको गति कायम गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक सङ्केतको पालना गर्न तथा पैदलयात्रुको सुरक्षामा विशेष ध्यान दिन सम्पूर्ण सवारीचालकलाई आग्रह गरेको छ ।

0 Comments