१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परिचयपत्र दर्ताका लागि पालिकागत तालिका बनाउन माग

अ+ अ-

दमौली (तनहुँ) । जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र दर्ताका लागि सेवाग्राहीको भीड बढेर सास्ती भएपछि पालिकागत तालिका बनाएर सेवा दिन माग गरिएको छ । 

कार्यालयमा दैनिक सयौँको सङ्ख्यामा राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको भीड बढेपछि पालिकागत समय निर्धारण गरी सेवालाई सहज बनाउन माग गरिएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले आज प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाउँदै राष्ट्रिय परिचयपत्रका लागि सहज रूपमा सेवा पाउने वातावरण सिर्जना गर्न माग गरेको हो । 

विशेषगरी ज्येष्ठ नागरिकहरूले भोग्नुपरेका समस्या समाधानका लागि पालिकागत तालिका बनाइ सेवा प्रवाह गर्न आग्रह गरिएको रास्वपाका जिल्ला संयोजक विश्व बास्तोलाले जानकारी दिए । 

कार्यालयमा हाल चारवटा दर्ता कक्षबाट सेवा प्रवाह भइरहेको छ । ती कक्षबाट दुई सय ५० जनालाई मात्रै सेवा दिन सकिने भए पनि सेवाग्राहीको भीड भने पाँच÷छ सयको हुने गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।