काठमाडौँ । नेकपा एमाले मधेश प्रदेशले मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने, प्रदेश सरकारको बजेटमा भएको त्रुटि संशोधन गरेर अगाडि बढ्ने र नयाँ सत्ता गठबन्धनअनुसार सरकारमा सहभागी हुने विषयमा छलफल भएको बैठकपछि खेलकुद तथा समाज कल्याण राज्यमन्त्री शारदा देवी थापाले बताइन् ।
बैठकमा विश्वासको मत दिएर बजेट प्रदेश सभाबाट पारित गराउने निर्णय भएको पनि थापाले बताइन् । शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ ।