१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभाको बैठक प्रभावित

अ+ अ-

काठमाडौँ । बजेट आश्रित विधेयकमा संशोधन गर्ने प्रस्तावले राष्ट्रिय सभाको बैठक प्रभावित भएको छ ।

नेकपा एमालेले आर्थिक विधेयकको एउटा दफा हटाउन प्रस्ताव गरेको छ । एमालेको प्रस्तावमा सरकार सहमत नहुँदा राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक लम्बिएको छ ।

कार्य व्यवस्था परामर्श समितिको बैठक लम्बिँदा दिउँसो १ बजेर २५ मिनेटमा सुरु हुने भनिएको बैठक सुरु हुन सकेको छैन ।

बिहीबार आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित गर्ने सम्भावित कार्यसूची छ । यी तीन वटै बजेट आश्रित विधेयक हुन । बजेट (विनियोजन विधेयक) भने राष्ट्रिय सभाले पारित गरिसकेको छ ।

एमालेले सरकारले आयकर ऐन २०५८ को दफा ५७ मा गर्न खोजेको संशोधन प्रस्ताव हटाउन माग गरेको छ ।

दफा ५७ (१) मा भनिएको छ, ‘कुनै निकायको विगत तीन वर्ष अघिसम्मको स्वामित्वको तुलनामा पचास प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन भएमा सो निकायले आफ्नो स्वामित्वको सम्पत्ति वा आफूले वहन गरेको दायित्व निसर्ग गरेको मानिनेछ ।’

यो प्रावधानमा प्रतिबन्धात्मक वाक्यांश थप गर्न प्रस्ताव गर्दै भनिएको छ, ‘तर साबिकका शेयरवाला तथा साझेदारको शेयर संख्या र पुँजी यथावत रही नयाँ शेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू हुने छैन ।’

आर्थिक विधेयक २०८१ को दफा ३६ ९६० मा आयकर ऐनको दफा ५७ (१) मा प्रतिबन्धात्मक वाक्यांश थप गरेर संशोधन गर्न सरकारले गरेको यो प्रस्ताव हटाउनुपर्ने माग एमालेले राखेको हो ।

राष्ट्रिय सभामा एमालेका तर्फबाट सांसद भगवती न्यौपानेले आर्थिक विधेयक २०८१ मार्फत आयकर ऐनमा गर्न खोजिएको संशोधन हटाउनुपर्ने भन्दै संशोधन दर्ता गरेकी छन् ।

एमालेको यो मागमा सरकार सहमत भएको छैन ।

प्रतिक्रिया दिनुहोस