काठमाडौँ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टीको मूल आदर्शका रूपमा रहेको समाजवादी शब्दलाई हटाउनुपर्ने धारणा राखेका छन् ।
काँग्रेसले स्थापनाकाल देखिनै राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मान्दै आएको छ । घिमिरेले कम्युनिस्ट र काँग्रेस भिन्न पार्टी रहेको देखाउन पनि समाजवाद पार्टीको सिद्धान्तबाट हटाउनुपर्ने माग गरेका हुन् ।
‘संसारका कुनैपनि लोकतान्त्रिक मुलुकले आफूलाई समाजवादी भन्दैनन्, हामी र कम्युनिस्ट पार्टीबीचको अन्तर के हो रु’ सोमबारको पार्टी केन्द्रीय कार्यसमितिमा समाजवादी शब्द हटाउनुपर्ने प्रस्ताव राख्दै घिमिरेले भने,‘आज बीपी जीवित हुनु भएको भए समाजवादको रटान लगाइरहनुहुन्थ्यो रु के हामीले भनेजस्तो स्केन्डेभियन मुलुकहरूले आफूलाई समाजवादी भन्छन् कि, सोसल डोमेक्याट ?
विश्वबजारीकरण, उदार अर्थतन्त्र, बहुलवादलाई स्वीकारेको काँग्रेसले कसरी समाजवादलाई आदर्श मान्न सक्छ भन्दै घिमिरेले व्यावसायिक क्षेत्रको मनोबल बढाउनपनि काँग्रेसलाई समाजवादलाई अघि बढाउन नहुने बताए । ‘काँग्रेस सोसल डेमोक्रयाटिक पार्टी नै हो, समाजवादी पार्टी होइन’ उनले भने ।