२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धर्मान्तरणविरुद्ध विश्व हिन्दू महासंघले भोलि र्‍याली निकाल्ने

अ+ अ-

काठमाडौँ । नेपाललाई हिन्दू अधिराज्य पुनर्स्थापना गर्ने मागसहित विश्व हिन्दू महासंघले काठमाडौँमा र्‍याली निकाल्ने भएको छ ।

राप्रपालगायत विभिन्न हिन्दूवादी तथा राष्ट्रवादी संघसंगठनको प्रतिनिधिमूलक सहभागितामा शुक्रवार अपराह्न १ः०० बजे माइतीघर मण्डलाबाट र्‍याली निकालिने तयारी भएको विश्व हिन्दू महासंघले जनाएको छ । महासंघले बुधवार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार देशमा धर्मान्तरण एक मुख्य समस्या र चिन्ताको विषय भएकोले त्यस्तो धर्मान्तरणमा रोक लगाउनुपर्ने मागसहित शान्तिपूर्ण र्‍याली गर्न लागिएको हो ।

विश्व हिन्दू महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले संघीय गणतान्त्रिक धर्म निरपेक्ष संविधान स्थापना भएदेखि देशमा रहेका बहुसङ्ख्यक सनातनीहरू माथि संकट आएको, देशको पहिचान, मौलिकता, स्वाभिमान गुम्दै गएको, नेताहरू सत्ता लिप्सामा डुब्दै गएको, देशमा अन्याय, अत्याचार, भ्रष्टाचार, ढिलासुस्ती बढ्दै गएकोले त्यसको निराकरणको एक मात्र विकल्प हिन्दू अधिराज्य पुनर्स्थापना रहेकोले र्‍याली निकाल्न लागिएको बताइन् । ८१ प्रतिशत भन्दा बढी हिन्दू धर्मावलम्बी र ९४ प्रतिशत भन्दा बढी ॐकार परिवार रहेको नेपालमा धर्मनिरपेक्ष राज्य घोषणापछि धर्मान्तरण गर्ने कार्य अभियानकै रूपमा सञ्चालन भइरहेको विश्व हिन्दू महासंघले जनाएको छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य धवल शमशेर राणाले नेपाललाई एकताको प्रतीकका रूपमा राजसंस्था र हिन्दू धर्म अनिवार्य पक्ष रहेको बताए । पत्रकार सम्मेलनमा राष्ट्रिय महासंघ राष्ट्रिय समितिका उपाध्यक्ष अरुण कुमार पाण्डे, नेपालका लागि नेपाली पार्टीका महामन्त्री दीपक आत्रेय, बिपी काँग्रेसका महामन्त्री देवेन्द्र प्रसाद पौडेल, राप्रपाका महामन्त्री एवं प्रवक्ता सगुन सुन्दर लावतीलगायत विभिन्न सनातनी संघसंगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।