२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनका कारण देशको कृषि क्षेत्रमा प्रभावित भएको बताएका छन् । साथै उनले जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड दिएका छन् । 

अन्तरराष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)ले आज यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तनको सामनामा पर्वतीय खाद्य प्रणालीको दिगोपनलाई सम्बोधन गर्न सबै एकै ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए। 

देशको  पहाडी  पारिस्थितिक प्रणालीको समृद्ध विविधताले लाखौँको जीविकोपार्जनलाई सहयोग पुर्‍याएको चर्चा गर्दै मन्त्री अधिकारीले साना तथा सीमान्त किसानले राष्ट्रिय खाद्य सुरक्षाको लागि महत्त्वपूर्ण योगदान गरेको बताए। नेपालका विविध कृषि–जलवायु क्षेत्र, समृद्ध पारिस्थितिक क्षेत्र र कृषि जैविक विविधताले खाद्य र पोषण सुरक्षा, कृषि उत्पादकत्व वृद्धि र ग्रामीण जीवनस्तरमा सुधार ल्याउन अपार सम्भावना प्रदान गरे पनि दबाबपूर्ण चुनौतीको सामना गर्नु परिरहेको मन्त्री अधिकारीले उल्लेख गरे। 

जलवायु परिवर्तनबाट परेको प्रभावको सामना गर्न  सरकारले प्रकृतिमैत्री,सरल, दिगो समाधानका उपाय अपनाउन संकल्प गरेको भन्दै मन्त्री अधिकारीले  कृषि प्रणालीमा प्रारम्भिक चेतावनी प्रणालीको विकास गरी कार्यान्वयन गर्न  मन्त्रालय सक्रियतापूर्वक लागेको जानकारी दिए। जलवायु परिवर्तनका असर घटाउन प्रविधि विकास तथा हस्तान्तरण गर्न उनले जोड दिएको इसिमोडले जनाएको छ ।