२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर महानगरले डुङ्गा किन्दै 

अ+ अ-

काठमाडौँ। बाढीको कारण डुबान परेका बस्तीमा उद्धार गर्न भन्दै ललितपुर महानगरपालिकाले डुङ्गा किन्ने भएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुरको एक कार्यक्रममा महानगरले छिट्टै डुङ्गा किन्ने जानकारी दिएका हुन् ।

‘कार्यपालिका बैठकले छिट्टै निर्णय गरेर डुङ्गा किन्छौ, अब चाडपर्व सकिने बित्तिकै डुङ्गा किन्ने तयारी छ’ नगर प्रमुख महर्जनले भने । उनले डुङ्गा किनेपछि नगर प्रहरीलाई तालिम दिने व्यवस्था समेत भएको बताए। महानगरले डुङ्गा किनेर महानगरको विपद् व्यवस्थापन केन्द्रमा राख्ने बताए ।

असोज दोस्रो साता आएको बाढी र पहिरोको बेला ललितपुर महानगरपालिकाले पाँच वटा पम्प किनेर घरभित्र पसेको पानी निकालेको थियो । यस्तै हिलो माटो निकाल्न सशस्त्र प्रहरीले सहयोग गरेको थियो ।