१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई महिनामा ६ करोड ११ लाख रुपैयाँको तास आयात

अ+ अ-

काठमाडौँ । चाडपर्वको बेलामा अत्यधिक माग हुने तास विभिन्न मुलुकबाट आयात गरिने भन्सार विभागको तथ्यांकले देखाउँछ । रमाइलो तथा जुवाको रूपमा पैसाको लेनदेन गरी खेलिने तास आयातमा नेपालबाट करोडौँ रुपैयाँ बाहिरिने गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै ६ करोड ११ लाख ६४ हजार रुपैयाँ बराबरको तास आयात भएको छ । विभागका अनुसार २० लाख ७ हजार ८९२ थान तास आयात भएको हो तास आयात गरे बापत ३ करोड ५२ लाख ८५ हजार रुपैयाँ राजस्व उठेको छ ।

नेपालमा दसैंतिहारलगायत चाडपर्वमा तास खेल्ने गरिन्छ । सोही अवधिलाई लक्षित गरी तास आयात हुने गरेको छ । गत आर्थिक वर्षको साउन र भदौमा ६ करोड ४४ लाख ८४ हजार रुपैयाँको तास आयात भएको थियो । जसबाट ४ करोड ४ लाख ३३ हजार रुपैयाँ राजस्व उठेको थियो । नेपालमा चीन, भारत, अमेरिका, बेलायत लगायत मुलुकबाट तास आयात हुने गरेको छ ।

चालु आर्थिक वर्षको साउन र भदौमा सबैभन्दा बढी चीनबाट ५ करोड २१ लख ३ हजार रुपैयाँको तास आयात भएको विभागको तथ्यांक छ । उस्तै भारतबाट ९० लाख ५७ हजार रुपैयाँ बराबरको तास आयात भएको छ ।

विभागका अनुसार आर्थिक वर्ष ०८०/०८१ म ३२ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो । सबैभन्दा बढी चीनबाट २८ करोड २३ लाख ४६ हजार रुपैयाँ र भारतबाट २ करोड ६८ लाख ७१ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो । अमेरिकाबाट ९५ लाख २२ हजार र स्पेनबाट २८ लाख ५९ हजार रुपैयाँ बराबरको तास आयात भएको विभागको तथ्यांक छ ।

आर्थिक वर्ष ०७९/०८० मा २१ करोड २७ लाख ९४ हजार रुपैयाँको तास आयात भएको थियो । सबैभन्दा बढी चीनबाट १८ करोड ७६ लाख, भारतबाट २ करोड १५ लाख ९५ हजार र ब्राजिलबाट ३५ लाख ७९ हजार रुपैयाँको तास आयात भएको विभागले जनाएको छ । आर्थिक वर्ष ७८/७९ मा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको तास आयात भएको थियो ।

आर्थिक वर्ष ०७७/०७८ मा २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको तास आयात भएको थियो भने आर्थिक वर्ष ०७६/०७७ मा २३ करोड ५४ लाख ५३ हजार रुपैयाँको तास आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस