१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय जनमोर्चाले भन्यो-रवि पक्राउ सही छ, निष्पक्ष छानबिन गर

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नु सही भएको बताएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गरी विभिन्न सहकारीको रकम अपचलनमा नाम जोडिएकाले रविमाथि अनुसन्धान हुनु सही भएको बताएका हुन् ।

‘सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ’, केसीले विज्ञप्तिमा भनेका छन् ।

रविमाथि अनुसन्धान गर्न राष्ट्रिय जनमोर्चाले सदन तथा सडकमा निरन्तर आवाज उठाएको तर तर तत्कालीन माओवादी(एमाले गठबन्धन सरकारले उनलाई जोगाउन कानुनकै धज्जी उडाएको केसीले बताएका छन् । सहकारी राष्ट्रिय समस्या भएको भन्दै राष्ट्रिय जनमोर्चाले यो समस्या समाधान गर्न सहकारीलाई नियमन गर्ने संयन्त्र बनाउन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस