६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक हप्ताको बिदा लिएर गएका सचिव झण्डै डेढ महिना पछि कार्यालयमा फर्किए

अ+ अ-

काठमाडौँ । कर्मचारीहरू सेवा प्रवाहमा चुस्त हुनुभन्दा बढी सुविधा भोगमा रमाउन खोज्छन् भन्ने आक्षेप लाग्ने गरेको छ । आरोप यो पनि छ कि उनीहरू प्रशासनमा रहेर आफूले दिनुपर्ने सेवाबाट उम्किन खोज्छन् अनि त्यसका लागि कर्मचारीहरू अनेक बहानाबाजी गर्छन् । पछिल्लो समय विभिन्न बाहानामा कर्मचारीहरू बिदा लिएर बस्ने र बिदा लिएको समय बितिसक्दा समेत कार्यालयमा आउन खासै चासो नदेखाउने गरेका छन् ।

यस्तो देखिन्छ कि, कर्मचारी सरकारको मातहत होइन, सरकार कर्मचारीको मातहतजस्तो छ । त्यसैले कर्मचारी आफू अनुकूलका निर्णय गर्ने र गराउने हैसियत राख्छन् । सरकारलाई कमजोर बनाउने हतियारको रूपमा पनि कर्मचारीले बिदाको प्रयोग गर्न खोजेको प्रशासनविद्हरू बताउँछन् ।

एक हप्ताको बिदा स्वीकृति लिएर गएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेस प्रदेशका प्रदेश प्रमुख सचिव लोकनाथ पौडेल झण्डै डेढ महिना पछि मात्र कार्यालयमा फर्किएका छन् । करिब ७/८ दिनको तालिमका लागि २७ भदौमा अमेरिका गएका प्रमुख सचिव पौडेल मंगलवार(हिजो) कार्यालयमा उपस्थित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

लामो समयदेखि प्रदेशमा प्रमुख सचिव अनुपस्थित हुँदा सरकारको कामकाज प्रभावित र अख्तियारीसमेत नदिएर जाँदा प्रदेश सरकारको कामकाज ठप्प जस्तै भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

यसबारे प्रदेशका मुख्यमन्त्री सतिस सिंहसँग कुरा गर्न खोज्दा उनले आफ्ना प्रेस सल्लाहकार अनिल कर्णसँग कुरा गर्न भने । कर्णले प्रमुख सचिव एक साताका लागि बाहिर गएको तर उनी लामो समयसम्म पनि कार्यालयमा नआएको स्वीकारे । उनले प्रमुख सचिवको बचाउ गर्दै भने, ‘सचिव ज्यू विदेशको यात्रामा गएकाले समय लागेको र चाडबाडले गर्दा कार्यालयमा आउन ढिला गर्नुभएको हो, उनले भने उहाँ आज आइसक्नु भएको छ अब कार्यालयमा रोकिएका काम धमाधम हुन्छन् ।’

प्रतिक्रिया दिनुहोस