२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्षमा भारत चयन

अ+ अ-

काठमाडौँ । विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने उद्देश्यका साथ भारतमा जारी अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को अध्यक्षमा भारत चयन भएको छ ।

भारतको नयाँ दिल्लीमा आइतबारदेखि सुरु भएको सातौँ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भारतले नेतृत्व लिएको हो । यस्तै, सहअध्यक्षमा फ्रान्स चयन भएको छ भने महानिर्देशकमा भारतका आशिष खन्ना निर्वाचित भएका छन् । 

सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-२१) को २१औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएअनुसार उक्त गठबन्धनको सातौँ सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रूपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल भएको नेपालबाट सहभागी विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहले जानकारी दिए ।

उक्त सम्मेलनका क्रममा नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल जलविद्युत्को धनी देश भए पनि नेपालमा सौर्य ऊर्जाको प्रशस्त सम्भावना रहेकाले यसको सही सदुपयोग गर्नका लागि आइएसएको साथ र सहयोग आवश्यक रहेको बताए । 

ऊर्जामन्त्री खड्काले सौर्य ऊर्जाको विकासका लागि नीतिगत समन्वय र क्षमता अभिवृद्धि जस्ता विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमार्फत नेपालले धेरै फाइदा लिन सक्ने विश्वास व्यक्त गरे । उनले घर र कृषिको सौर्यकरणमा आइएसए सम्मेलन ठूलो अवसरसमेत भएको बताए ।

मन्त्री खड्काले जलविद्युत र सौर्य ऊर्जामार्फत जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिने बताउँदै गठबन्धन देशबीचको सहकार्यबाट ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त सम्मेलनमा नेपालले राष्ट्रिय सौर्य ऊर्जा रोडम्याप, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइ, सोलार टेक्नोलोजी केन्द्र स्थापना गर्नेलगायतका विभिन्न सात कार्यक्रममा आइएसएको साथ र सहयोगको अपेक्षा गरेको छ ।