६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार नियन्त्रणको मागसहित स्वतन्त्र नागरिक मञ्चले बुझायो मुख्यमन्त्रीलाई ज्ञापन पत्र

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशमा भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यलाई स्वतन्त्र नागरिक मञ्चले ज्ञापन पत्र बुझाएको छ ।

भ्रष्टाचार विरुद्धको स्वतन्त्र नागरिक समाज मञ्च प्युठानको एक प्रतिनिधिमण्डलले ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आइतबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले भ्रष्टाचार निवारण गर्न प्रदेश सरकार दृढ रहेको बताए ।

प्रदेश सरकाले भ्रष्टाचार नियन्त्रण गर्न पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा लगेको, मुख्यमन्त्री तथा मन्त्रीहरूलाई आचारसंहिता लागु गरेको, मन्त्रालय र निकायका लागि जारी १४ बुँदे निर्देशन जारी गरिसकेको मुख्यमन्त्री आचार्यले बताए ।

नागरिक तहमा बढ्दो निराशालाई आशामा बदल्ने गरी सरकारले योजनाबद्ध काम अघि बढाएको र त्यसको सफल कार्यान्वयनका लागि नागरिक तहको साथ आवश्यक परेको उनले बताए ।

भ्रष्टाचार विरुद्धको स्वतन्त्र नागरिक मञ्च प्युठानका संयोजक कर्णध्वज केसीले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, सेवाको नाममा घुस र विकासको नाममा भ्रष्टाचार हुने गरेको भन्दै त्यसलाई रोक्ने गरी उच्चस्तरीय अनुगमन संयन्त्र बनाउन माग गरे ।

मञ्चका सदस्य ओमभक्त पण्डितले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले थाल्ने अभियानहरू प्रभावकारी बनाउन जरुरी रहेको, नागरिक तहबाट प्राप्त गुनासाहरूको सम्बोधन छिटोछरितो हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस