काठमाडौँ । नेपाली काँग्रेसले नेपाल तरुण दल र नेपाल किसान महासंघको विधान परिमार्जनसहित पारित गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विधान परिमार्जनसहित पारित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
उनले भने, ‘नेपाल तरुण दलको विधान, २०१० ९संशोधनसहित (सातौँ संशोधन २०८१/०६/०६) र नेपाल किसान महासंघको विधान, २००८ ९संशोधन सहित (सातौँ संशोधन २०८१) परिमार्जनसहित पारित गरेको छ ।’







