२३ चैत्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी-पहिरोले काभ्रेपलाञ्चोकका ३ हजार ३३८ निजी आवासमा क्षति

अ+ अ-

काभ्रेपलाञ्चोक । भीषण बाढी-पहिरो गएको करिब तीन महिनापछि जिल्लास्थित शहरी विकास तथा भवन कार्यालयले जिल्लामा भएका निजी आवासको क्षति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार जिल्लाका ३ हजार ३३८ निजी आवासमा क्षति पुगेको छ ।

कुल क्षति पुगेको निजी आवासमध्ये २ हजार ५७७ घर पूर्ण रूपमा क्षति भएका छन् । ७५१ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी ६८ घरपरिवार स्थानान्तरणका लागि सिफारिस भएका छन् ।

कार्यालय प्रमुख भूमिनन्द ढकालका अनुसार १२ सरकारी भवनमा पूर्ण रूपमा क्षति पुगेको छ भने १३५ वटामा आंशिक क्षति पुगेको छ ।

आठ सार्वजनिक भवन पूर्ण क्षति भएका छन् भने १३४ वटामा आंशिक क्षति पुगेको जनाइएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये पनौती नगरपालिका तथा रोशी र बेथानचोक गाउँपालिका बाढी पहिरोबाट बढी प्रभावित भएका छन् ।

घर पूर्ण रूपमा क्षति भएकामध्ये बेथानचोक गाउँपालिकामा ६२९, नमोबुद्ध नगरमा ४८९, रोशीमा ३५० र तेमालमा ४३९ घर छन् ।

त्यसैगरी चौरीदेउराली गाउँपालिकामा १३४, भुम्लुमा १२२, धुलिखेल नगरमा ८०, पाँचखाल नगरमा ७६, पनौती नगरमा ५९, बनेपा नगरमा ४७, मण्डनदेउपुर नगरपालिकामा ८४ तथा खानीखोला गाउँपालिकामा ४५ र महाभारतमा २३ घर पूर्ण रूपमा क्षति भएको कार्यालयले जनाएको छ ।

जिल्लामा स्थानान्तरण गर्नुपर्ने घरपरिवारमध्ये चौरीदेउरालीमा २३, मण्डनदेउपुरमा १३, पाँचखालमा १३, रोशीमा ९, खानीखोला र बेथान्चोकमा ५-५ घरपरिवार छन् ।

बाढी पहिरोबाट काभ्रेपलाञ्चोकमा ७९ जनाको मृत्यु भएको थियो भने ७८ घाइते तथा ६ जना बेपत्ता छन् । जिल्लाका स्थानीय तहबाट प्राप्त क्षतिको विवरणअनुसार पुनर्निर्माण तथा पुनः स्थापनाका लागि बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहितको विवरण पठाइएको कार्यालय प्रमुख ढकालले बताए ।

उनका अनुसार २० वटा सरकारी तथा सार्वजनिक भवन पुनर्निर्माण गर्नुपर्ने देखिएको छ । ‘केही स्थानमा बस्ती तहसनहस भएकाले सुरक्षित क्षेत्रमा एकीकृत बस्ती विकास गर्नुपर्ने देखिएको छ, सरोकारवाला निकायलाई यसैअनुसार सुझाव प्रस्तुत गरेका छौँ’, ढकालले भने ।

प्रतिक्रिया दिनुहोस