२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

अ+ अ-

बागलुङ । पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका उद्योगले पछिल्लो समय आफ्नो बेग्लै पहिचान बनाउँदै गएको छ । ढाका कपडाको महत्त्व बुझाउँदै स्थानीय सरकारले बजारीकरणमा सघाउन थालेपछि यहाँ उत्पादित ढाकको टोपी, सल, झोला तथा अन्य कपडाले बजार पाउन थालेको छ ।

रु. १० लाख लागतमा बडिगाड गाउँपालिकाले पाँच वर्षअघि स्थापना गरेको ढाका उद्योगमा अहिले ६ महिला ढाकाका कपडा उत्पादन गर्न व्यस्त छन् । उनीहरूले उत्पादनअनुसार पारिश्रमिक पाउने गरेको बडिगाड ढाका तथा बुटिक उद्योगका सञ्चालक माया केसीले जानकारी दिइन्। उनले ढाका बुन्न सिकाउन भने निकै समय लाग्ने गरेको बताइन् । पछिल्लो समय ढाकाबाट उत्पादन गरिएको खादा र टोपीको व्यापार फस्टाएको केसीको भनाइ छ ।

मेला, महोत्सव तथा औपचारिक समारोहमा ढाका टोपी र सल मायाको चिनोका रूपमा दिने चलन बढेको छ । ढाकाका कपडा उत्पादन गर्न श्रम र खर्च धेरै लाग्ने भएकाले बजारमा आएका तयारी कपडासँग प्रतिस्पर्धा गर्न मुस्किल भएको छ ।

“मायाको चिनोका रूपमा ढाका टोपी, सल र खादाका अहिले उच्च माग छ, सारी र ब्यागको माग कम छ, एउटै सारी बनाउन १८ दिन लाग्छ, कटन र रेसमको धागो महँगो छ”, केसीले भनिन्, “अहिले उत्पादनको आधा रकममा छ जनाले दैनिक ढाकाको कपडा उत्पादन गर्दै आउनुभएको छ, हातले बुनेको कपडा स्तरीय हुन्छ, कोसेलीका रूपमा विदेश पठाउने चलन छ, तर निकै कमले मात्र ढाकाको महत्त्व बुझेका छन् ।”

बडिगाड गाउँपालिकाले ढाका उद्योग सञ्चालन रहेको कार्यालयको भाडा छुट गरेको छ भने यहाँ उत्पादन भएका सामग्री बडिगाड, जैमिनी नगरपालिका र उद्योग वाणिज्य संघको कोसेली घरले नियमित खरिद गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारले रु. दुई लाख अनुदान सहयोग गरेको छ । स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिएमा ढाका उद्योग फस्टाउने महिला उद्यमी निर्मला थापाको भनाइ छ । ढाका उद्योगमा थापासहित यमुना काउचा, बेली थापा, तिर्सना भुजेललगायत ६ जनाले दैनिक ढाकाको कपडाबाट टोपी, सल, साडी, खादा, झोलालगायत सामग्री उत्पादन गर्दै आएका छन् ।

एउटा ढाकाको टोपीलाई रु. सात सय, सारीलाई रु. १२ हजार तथा सललाई रु. सात सयसम्म पर्छ । बडिगाड गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन दिन पालिकाले नै ढाकाको कपडा खरिद गर्ने, ढाका उद्योगको भाडा मिनाह गर्नेलगायतका काम गरेको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । बागलुङ उद्योग वाणिज्य संघले स्थापना गरेको कोसेली घरमा समेत बडिगाडमा उत्पादन भएका ढाका कपडाका सामग्री बिक्रीका लागि राखिएका  बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए।