काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
प्रतिवादी शेषकान्त पौडेल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

