१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवलमा स्नातकोत्तर तहमा ‘प्रायोगिक बौद्ध अध्ययन’ सुरु

अ+ अ-

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको स्नातकोत्तर तहको नयाँ कार्यक्रम ‘प्रायोगिक बौद्ध अध्ययन’ को पढाइ अब बुटवलमै हुने भएको छ । उक्त नयाँ शैक्षिक कार्यक्रमका लागि बुटवल सिटी क्याम्पसमा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण गराइएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत रहेको बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रममा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण गरिएको कार्यक्रम संयोजक जेबी क्षेत्रीले जानकारी दिए ।

विश्वविद्यालयका उपकुलपति प्रा। डा। सुवर्णलाल बज्राचार्य, रजिस्ट्रार डा. तिलकराम आचार्य, बौद्ध अध्ययन संकायका डीन डा। मानिकरत्न शाक्य, मानविकी तथा समाजशास्त्र अध्ययन संकायका डीन डा। हरिशरण चखु, विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा. डा. गीतु गिरीलगायत विभिन्न पदाधिकारी एवम् प्राध्यापकहरूको उपस्थितिमा विद्यार्थीहरूलाई अभिमुखीकरण गराइएको छ ।

विश्वविद्यालयले पहिलो पटक बुटवलस्थित सिटी क्याम्पसमा बौद्ध शिक्षाको स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सुरु गरेको छ । क्याम्पस प्रमुख डा. फणिन्द्रकुमार न्यौपानेका अनुसार बुटवल सिटीमा पहिलो पटक सुरु भएको उक्त शैक्षिक कार्यक्रममा २९ जना विद्यार्थी छन् ।

लुम्बिनीमा जन्मिएका राजकुमार सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राज्य परित्याग गरी ३५ वर्षको उमेर हुँदा प्राप्त गरेको बुद्धत्वलाई आफ्नो महापरिनिर्वाण हुँदाको उमेरसम्म तत्कालीन समयको गाउँ, नगर एवं राज्यमा प्रचार गरेको शिक्षालाई नै बुद्ध शिक्षा भनिन्छ ।

अहिले सिटी क्याम्पसमा सुरु भएको दुई वर्षे उक्त शैक्षिक कार्यक्रम कोर बुद्ध शिक्षाको एउटा पाटो रहेको उक्त कार्यक्रमका संयोजक क्षेत्रीले बताए । शिक्षामा मानव शान्ति, बन्धुत्व, मैत्री तथा सद्भावका वस्तुपरक उपदेशको व्यावहारिक र प्रयोगात्मक देशनालाई समावेश गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस