८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेश सभाको समिति सभापति चयन गर्न १८ गते निर्वाचन

अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापति चयन गर्न प्रदेश सभा सचिवालयले प्रक्रिया अघि बढाएको छ । सचिवालयले आइतबार सूचना जारी गर्दै १८ माघमा रिक्त रहेका समितिहरूमा सभापति पदको निर्वाचनका लागि प्रक्रिया थालिएको जनाएको छ ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार १७ माघमा नामावली प्रकाशन, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र दाबी विरोधको कार्यक्रम राखिएको उल्लेख गरिएको छ ।

१८ माघमा सभापति चयनका लागि सम्बन्धित समितिको बैठक बस्ने जनाइएको छ । प्रदेश सभा सचिवालयका अनुसार सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समितिको रिक्त रहेको सभापति पदका लागि निर्वाचन हुनेछ ।

सुदूरपश्चिम ११ पुसमा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबण्डा भएको थियो । भागबण्डाअनुसार सत्तारुढ नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले एउटा/एउटा समितिको सभापति लिनेछन् ।

उक्त भागबण्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली काँग्रेसलाई विशेष समितिका सभापति लिनेछ ।

दुई दलले आवश्यकता र औचित्यका आधारमा अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिलाई विभाजन गर्ने प्रक्रिया अघि बढाउने सहमति समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस