२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले सांसद बिसीले भनिन्-सरकारले पीडित जनताको पक्षमा काम गर्छ, शंका नगर्नू 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी सांसद सुमित्रा बिसीले सरकारप्रति शंका नगर्न आग्रह गरेकी छिन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार जनताको पक्षमा काम गरिरहेको बताइन् ।

अध्यादेशका बारेमा धेरै कुराहरू उठेको उल्लेख गर्दै सरकारले संसद् सुरु हुनु पहिला वा संसद्को अन्त्य हुने बित्तिकै अध्यादेश ल्याउने कुरामा प्रश्न गर्न नहुने बताइन् ।

‘अध्यादेशका बारेमा धेरै कुराहरू उठे । सुरुवातमा ल्याउने की अन्तिम भइसकेपछि ल्याउने भन्ने कुराहरू उठ्यो । यो संविधानको ११४ को धाराअनुसार संविधानले सरकारले अध्यादेश ल्याउन पाउने अधिकार दिएको छ,’ उनले भनिन्, ‘अधिकारलाई प्रयोग गरेर सरकारले आवश्यकता अनुसार ल्याएको अध्यादेशलाई जनताको पक्षमा हुनेछ । यसका बारेमा शंका नगर्न आग्रह गर्दछु ।’

उनले सरकारले आवश्यक परेको समयमा अध्यादेश ल्याउन सक्ने व्यवस्था संविधानले दिएको बताउँदै सरकारले शोषित र पीडित जनताको पक्षमा काम गर्ने जिकिर गरिन् ।

‘शहीदको बलिदानबाट आएको सरकार हो यो । यसले शोषित र पीडित जनताको पक्षमा काम गर्नेछ । यो सरकारप्रति शंका नगर्न आग्रह गर्दछु,’ उनले भनिन् ।