११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासका लागि विज्ञान र प्रविधि आवश्यक : उपप्रधानमन्त्री सिंह

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकासका लागि विज्ञान र प्रविधि आवश्यक रहेको बताएका छन् । 

बसुन्धरास्थित साउथवेष्टर्न स्टेट कलेजले आज आयोजना गरेको १३औँ विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै उनले आगामी दिनमा शिक्षा नीति बनाउँदा विज्ञान र प्रविधिलाई समेट्नुपर्ने बताए । “विद्यार्थीमा विज्ञान तथा प्रविधिको महत्त्व जगाउन यस्ता कार्यक्रम फलदायी हुनेछ, हाम्रोजस्तो मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन जरुरी छ,” उपप्रधानमन्त्री सिंहले भने।

राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको उनको भनाइ छ । उपप्रधानमन्त्री सिंहले विद्यार्थीले सैद्धान्तिक ज्ञान र सीपलाई व्यावहारिक  बनाउन यस्ता प्रदर्शनीले मद्दत पुग्ने बताए । 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक, जीवनपयोगी, अनुसन्धानात्मक शिक्षा प्रदान गर्नुपर्ने बताए ।

कलेजका अध्यक्ष वासुदेव विष्टले विज्ञान र प्रविधिको विकास विना कुनै आविष्कार गर्न नसकिने बताउँदै साउथवेस्टर्न कलेजले स्थापनाकालदेखि विज्ञान र प्रविधिलाई जोड दिँदै आएको बताए । 

आजदेखि सुरु भएको प्रदर्शनीमा निजी तथा सामुदायिक विद्यालय तथा कलेजका विद्यार्थीका तर्फबाट ६० भन्दा बढी स्टल राखिएको छ । 

प्रतिक्रिया दिनुहोस