२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारले प्रधानमन्त्रीलाई सोधका प्रश्नहरूप्रति सूर्य थापाले जनाए आपत्ति

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका सांसद सूर्य थापाले संसद भवन परिसरमा मिडिया व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मिडिया व्यवस्थापनको विषयमा संघीय संसद सचिवालयले ख्याल गर्नुपर्ने आग्रह गरे ।

‘मिडिया व्यवस्थापन यो संसदको कस्तो छवि बनाउने भन्ने विषयसँग अभिन्न रूपमा जोडिएको छ’ सांसद थापाले भने ।

पत्रकारले सोध्ने प्रश्नहरू संविधान र कानुन अनुकूल हुनुपर्ने उनको आग्रह छ ।

‘सांसदहरूलाई कस्ता प्रश्न सोध्ने ? ती प्रश्न संविधान कानुन बमोजिम हुनुपर्छ कि पर्दैन ? ती प्रश्नमा गालीगलौज अथवा पेड मिडियाको भूमिका खेल्ने गरी कसैद्वारा परिचालित ढंगले आरोपित गर्ने गरी प्रश्न गर्न पाइन्छ कि पाइन्न ?’ एमाले सांसद थापाको प्रश्न छ ।

आफूले यस्तो भोग्दै आएको र सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आरोपित गर्ने गरी प्रश्न सोधिएको भनेर उनले सदनको ध्यानाकर्षण गरेका हुन् ।

‘म आफैँले पनि भोगेको र हिजो सम्माननीय प्रधानमन्त्रीज्यूलाई लक्षित गरेर सोधिएका प्रश्नका प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त कार्यक्रमबाट बाहिरिनेक्रममा संसद् भवन परिसरमा सोधिएका प्रश्नहरूप्रति सांसद थापाले आपत्ति जनाएका हुन् ।

‘प्रधानमन्त्री ज्यु यहाँको प्रश्नोत्तर कार्यक्रमबाट बाहिरिँदा तपाईँ हिटलर हो ? भनेर प्रश्न गरियो । नेपालको संसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ ?’ थापाको प्रश्न छ ।

संसद सचिवालयको अनुमतिले रिर्पोटिङमा रहेका मिडियाका व्यक्तिहरूले संविधान, कानुन, त्रिकार आचारसंहिता र सामाजिक शिष्टाचारलाई ख्याल गर्नुपर्ने उनको आग्रह छ । ‘‘यी कुरालाई ध्यान नदिई गैर जिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन ? म यो कुरा सोध्न चाहन्छु’ थापाले भने ।

संविधान, कानुन र पत्रकार आचारसंहिता बमोजिम मिडिया व्यवस्थापन गर्नेतिर ध्यान दिन संसद सचिवालयलाई समेत उनको आग्रह छ ।

आफूलाई नै एक जना मिडियाकर्मीले ‘तपाईँ हनुमान हो’ प्रश्न गरेको पनि सांसद थापाले सभामा सुनाए । ‘सांसदहरूलाई यस्ता प्रश्न गर्न पाइन्छ कि पाइन्न’ भनेर ख्याल गरिनुपर्नेमा उनले जोड दिए ।