काठमाडौँ । नेपाल न्याय सेवाका पाँच जना सहसचिवको पदस्थापन सिफारिस गरिएको छ । न्याय सेवा आयोगको सोमबार बसेको बैठकले आन्तरिक प्रतिस्पर्धाबाट राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) भएका पाँच जनालाई पदस्थापनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
आन्तरिक प्रतिस्पर्धाबाट न्याय समूहको सहसचिव भएकी सपना अधिकारी गौतमको उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासको रजिष्ट्रारमा पदस्थापनको सिफारिस गरिएको छ भने कानुन समूहकी उर्मिला जिसीको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विशेष पदमा पदस्थापनका लागि सिफारिस गरिएको छ। यसैगरी अर्का सहसचिव मानबहादुर बस्नेतको पनि मन्त्रालयमै सिफारिस गरिएको छ ।
यसैगरी सरकारी वकिल समूहतर्फ सहसचिव शारदा राउत उच्च सरकारी कार्यालय, धनकुटाको सहन्यायाधिवक्ता र युवराज महत उच्च सरकारी वकिल कार्यालय, इलामको सहन्यायाधिवक्तामा पदस्थापन गर्न न्याय सेवा आयोगले सिफारिस गरेको हो।
