काठमाडौँ । प्रयागराजका नामले प्रसिद्ध भारतको इलाहावादमा प्रसिद्ध नदीहरू गंगा, यमुना र सरस्वतीको संगमस्थलमा शनिबार बिहान तीन बजे आध्यात्मिक विश्वास र आस्थाका आधारमा महाकुम्भ स्नान गर्ने श्रद्धालुको घुइँचो । आध्यात्मिक मान्यता अनुसार यो साइतमा महाकुम्भ १४४ वर्षपछि परेको हो । उक्त मेला यही फागुन १४ गते महाशिवरात्रिका दिन समापन हुँदैछ । तस्बिर: धर्मेन्द्र झा
