काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालय बढुवा समितिको सचिवालयले जनपद प्रहरी समूह अन्तर्गत एआईजीपी पदमा डिआईजी भट्टराईको नाम सिफारिस गरेको हो ।
सचिवालयको २०८१।११।११ गते बसेको बैठकले कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत डिआइजीपी भट्टराई बढुवा सिफारिस गरेको जनाइएको छ ।
