८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पाली सारू बेलायत ननिटनको मेयरमा मनोनीत

अ+ अ-

बेलायत। भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत भएका छन् ।

गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जनाका उन्सिलरमध्येबाट मेयर पदमा मनोनीत भएका हुन् । लेबरका १९, कञ्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जनाका उन्सिलर रहेको उक्त बरोमा ग्रीन पार्टीले पनि सारूलाई समर्थन गरेपछि उनी मेयरमा मनोनीत भएका हुन् ।

यहाँ यसअघि उपमेयर चुनिएका थिए । अब आउँदो मे १५ मा हुने औपचारिक समारोहमा उहाँले मेयर नियुक्त भई पदभार ग्रहण गर्नेछन् ।

बेलायतको गोर्खा भर्तीको दुई सय वर्षभन्दा लामो इतिहासमा पूर्वगोर्खाकोतर्फबाट पहिलो मेयरका रूपमा ननिटनमा मनोनीत हुनु गर्वको कुरा भएको भन्दै उपमेयर सारूले भने, ‘औपचारिक रूपमा मेयरको शपथ मे मा हुन्छ । खुसीको क्षण हो बेलायतमा गोर्खाहरूको योगदानलाई थप उचाइमा पुर्‍याउने अवसर मिलेको छ।’

काउन्सिल इतिहासमा उनी पहिलो गोर्खा मेयर बन्न लागेका हुन् । सारू चार वर्षदेखि बेलायती राजनीतिमा सक्रिय हुन् ।

मेयर हुने पक्का भएपछि उनले भने, ‘नेपाली भएर पनि बेलायतमा राजपरिवारकोतर्फबाट आफ्नो बरोमा प्रतिनिधित्व गर्न पाउँदा एकदमै भाग्यमानी ठानेको छु।’

झण्डै तीनदशक ब्रिटिस आर्मीमा सेवा गर्नुभएका मगर हाल ब्रिटिस गोर्खा भेट्रान्स एशोसिएसनका अध्यक्षसमेत हुन्। सारू, रोयल इञ्जिनियर्सको ग्यारिजन इञ्जिनियरका रूपमा सेवा निवृत्त हुन्।

बेलायतमा सन् २०१७ देखि सारू इम्ब्रोइडरी नामक व्यवसाय चलाइरहनुभएका सारू पाल्पामा जन्मिएका हुन् ।

प्रतिक्रिया दिनुहोस