१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखराज भट्टको निर्देशन-बलियो शक्ति भएकैले एमालेमाथि चौतर्फी आक्रमण भयो, प्रतिवाद गर्नुहोस् 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) मा केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले देशको बलियो शक्ति भएकै कारण चौतर्फी आक्रमण भइरहेको बताएका छन् । 

पार्टी सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागको आयोजनामा धनगढीमा सुरु भएको प्रचारसम्बन्धी दुई दिने कार्यशाला कार्यक्रममा नेता भट्टले मिथ्या आरोप लगाउँदै पार्टीमाथि आक्रमण भइरहेको बताएका थिए ।

नेता भट्टले त्यस्ता मिथ्या कुराहरूको प्रतिवाद गर्न पनि नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए । ‘सामान्य व्यक्ति वा संगठन प्रति कसैको चासो हुँदैन,’उनले भने ‘एमाले सबैभन्दा ठुलो संगठन, व्यवस्थित एवं चलायमान भएकै कारण हाम्रो पार्टीलाई कसरी पछाडि पार्न सकिन्छ भनेर आक्रमण बढेको छ, तथ्यमा टेकेर भन्दा पनि मिथ्या आरोप एमाले नेतृत्वमाथि बढिरहेको छ, यसको प्रतिकार सबै नेता कार्यकर्ताले गर्न जरुरी छ ।

’नेता भट्टले वडा केन्द्रित जरा अभियान प्रभावकारी बनाउन एमाले नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले एमाले नेता, कार्यकर्तालाई घर घर पुग्न आग्रह गरेका थिए । ‘कहाँ के भइरहेको छ, त्यसको रिपोर्टिङ छैन’,सचिव भट्टले भने, ‘जनताको बिचमा एकाकार हुनुस् अनि मात्र चुनावी परिणाम राम्रो आउँछ ।’ उनले औपचारिकताका लागि मात्रै नभई उपलब्धि आउने गरी कार्यक्रम गर्न आग्रह गरे ।

यस्तै, पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेपाली बजारमा नेकपा (एमाले) र सिंगो नेतृत्वविरुद्ध सोसल मिडियाको प्लेटफर्ममार्फत प्रहार भइरहेको बताए । उनले मिथ्या सूचना, गलत सूचना, तथ्यहीन सूचना प्रयोग गरेर एमाले पार्टी र सिंगो नेतृत्वविरुद्ध भइरहेको प्रहारको प्रतिवाद गर्ने सम्बन्धमा कार्यशालामा गहन छलफल हुने बताए । नेकपा एमाले प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले पार्टीलाई लाग्ने मिथ्या आरोप खण्डन गर्दै ,पार्टीले गरेका राम्रो तथा सकारात्मक कामको प्रचार गर्नु पर्ने बताएका थिए ।

एमाले सुदूरपश्चिम प्रदेश समिति उपसचिव तथा प्रचार विभाग प्रमुख भागरथी विष्टले कार्यशालाले पार्टी गतिविधि र क्रियाकलापहरूको प्रचार प्रसारमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेकी थिइन् ।कार्यशालामा स्वागत गर्दै प्रचार विभाग उपप्रमुख मातृका तिमिल्सेनाले कार्यशालामा सिकेका विषयहरूलाई प्रयोग गर्न पनि सबैलाई आग्रह गरेका थिए । कार्यशालामा नौ वटै जिल्लाका एमाले नेता, कार्यकर्ता , प्रेस चौतारी प्रदेश तथा जिल्लाका पदाधिकारी लगायतको प्रतिनिधिमूलक सहभागिता रहेको छ । दीपेन्द्र श्रेष्ठ र भुवन केसीले प्रशिक्षण दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस