नसरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीद्वारा सञ्चालित ‘जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान’ ले दक्षिण नेपालका जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्ने बताएका छन् ।
उक्त अभियानअन्तर्गत आज सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले दक्षिण भेगका नागरिकहरू राज्यबाट वर्षौँदेखि विभेदमा परिरहेको उल्लेख गरे। विभेद विरुद्ध संघर्ष गर्न अभियान थालिएको जनाउँदै उनले जति दक्षिणतिर पुग्यो, त्यति नै विभेद र अभावको मात्रा बढेको बताए ।
अध्यक्ष ‘प्रचण्ड’का अनुसार, भौतिक पूर्वाधारको विकासमा राज्यको ध्यानाकर्षण गराउनु, पार्टीको तर्फबाट पहल लिनु तथा मानवीय विकास र सचेतनाका लागि अभियान प्रभावकारी बन्नेछ। उनले माओवादी केन्द्रको बलिदानपूर्ण संघर्षबाट धेरै अधिकार प्राप्त भए पनि कार्यान्वयनमा गति नआएको गुनासो गर्दै, माओवादी नेतृत्वको सरकारले जनहितका काम अघि बढाउँदा अवरोध स्वरूप सरकार नै परिवर्तन गरिएको आरोप लगाए ।
त्यसैगरी, वर्तमान सरकार भ्रष्ट, दलाल र बिचौलियाहरूको हितमा मात्र केन्द्रित रहेको आरोप लगाउँदै उनले जनतालाई सचेत गराउने अभियान नै माओवादीको प्रमुख उद्देश्य भएको स्पष्ट पारे ।
रासायनिक मल आपूर्तिको सन्दर्भमा अध्यक्ष ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा सहज आपूर्ति सुनिश्चित गरिएको स्मरण गराउँदै हाल पुनः मल अभाव देखिएको बताए। साथै, विद्यालय शिक्षा विधेयक संसदमा पुर्याइए पनि त्यसलाई पारित गर्दै शैक्षिक सुधारलाई उच्च प्राथमिकता दिनुपर्नेमा उनले जोड र्दिए
कार्यक्रममा सुनसरीका स्थापित कृषि व्यवसायी राधाकृष्ण राई माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अभियान टोली आज दिनभरि सुनसरीका विभिन्न स्थानहरूमा सक्रिय रहनेछ। बर्जु ताल अवलोकन, उखु किसानहरूसँग छलफल, मुस्लिम समुदायसँग भेटघाट, गढी र जाल्पपुरमा सभा तथा कोशी, भोक्राह, र मधुवनमा जनभेटघाट कार्यक्रम माओवादी केन्द्र, सुनसरीले आयोजना गरेको छ।