६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निगमले यात्रुसँग माफी माग्यो, तीन विमान ‘ग्राउन्डेड’ घटनामा छानबिन समिति गठन

अ+ अ-

काठमाडौँ । नियमित उडानमा बारम्बार समस्या आउँदा सयौँ यात्रु अलपत्र परेपछि नेपाल वायुसेवा निगमले आधिकारिक रूपमा माफी मागेको छ। निगमका तीनवटा विमान ‘ग्राउन्डेड’ भएपछि उत्पन्न परिस्थितिको अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ।

‘प्राविधिक समस्याका कारण सिर्जित यस कठिन अवस्थाप्रति निगम यात्रुहरूमा परेको असुविधाप्रति क्षमायाचना गर्दछ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यात्रुहरूको सुविधालाई ध्यानमा राखी निगमले आफ्नै उडान वा अन्य वायुसेवामार्फत गन्तव्यमा पुर्‍याउने प्रयास गरिरहेको छ।’

निगमले रोकिएका यात्रुहरूलाई वैकल्पिक टिकटको व्यवस्था नभएसम्म निगमकै खर्चमा होटलबास सुविधा उपलब्ध गराउने जनाएको छ।

छानबिन समिति गठन
विमानहरू एकपछि अर्को ‘ग्राउन्डेड’ भएको घटनाको अध्ययन गरी आवश्यक कारबाही सिफारिस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको निगमले जनाएको छ। कार्यकारी अध्यक्ष युवराज अधिकारीको निर्णय अनुसार गठित समितिले सम्भावित कमजोरी पहिचान गरी कारबाही सिफारिस गर्ने जिम्मेवारी पाएको छ।

विशेष गरी, माघमा फाइभ सी–चेकका लागि चीन पठाइएको सगरमाथा न्यारोबडी विमान भुक्तानी प्रक्रियाका कारण एक सातादेखि उतै रोकिएको छ। निगमले चीनमा पठाइएको विमानको ढिलाइका साथै अन्य प्राविधिक समस्याका कारण उत्पन्न अवस्थाबारे अध्ययन गरी यदि कसैको लापरवाही भेटिएमा कर्मचारी, मर्मत संगठन ९एमआरओ० वा एजेन्टविरुद्ध कानुनी कारबाहीका लागि सिफारिस गर्ने जनाएको छ।

थप विमान मर्मत तथा सञ्चालन तयारी
यसैबीच, अर्को लुम्बिनी न्यारोबडी विमानलाई मर्मतका लागि भारत पठाउने तयारी भइरहेको छ। यसका लागि फेरि(फ्लाइट अनुमतिका लागि नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिइएको छ। निगमका अनुसार यो विमान शनिबारदेखि पुनस् उडानमा ल्याइनेछ।

आन्तरिक उडानतर्फ निगमले दुई महिनादेखि कुनै उडान गरेको छैन। दुवै ट्विनअटर विमान बिग्रिएर ‘ग्राउन्डेड’ भएकामा, तीमध्ये एउटा आगामी मंगलबारदेखि पुनः सञ्चालन गरिने दाबी गरिएको छ।

त्यसैगरी, काठमाडौँमा बिग्रिएर थन्किएको अन्नपूर्ण वाइडबडी विमानका लागि बेलायतबाट स्पेयर पार्ट्स मगाइएकाले आजै यसै विमानमार्फत उडान गरिने निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस