७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित आवास

अ+ अ-

कञ्चनपुर । बेलौरी नगरपालिकाका अति विपन्न पन्ध्र परिवारलाई सुरक्षित आवास उपलब्ध गराइएको छ । सुरक्षित आवास कार्यक्रम अन्तर्गत रतनपुरका १० र भुडाका पाँच गरी १५ परिवारलाई सुरक्षित आवास उपलब्ध गराइएको हो ।

नगरपालिका र गैरसरकारी संस्थाको संयुक्त लागत साझेदारीमा आवास निर्माण गरिएको हुन् ।

आवास निर्माणका लागि नगरपालिकाले प्रतिघरमा रु तीन लाख र निड्सले रु दुई लाखमा साझेदारी गरी दुई कोठा बरण्डासहितका घर निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख पोतिलाल चौधरीले बताए ।

उनका अनुसार आवास उपलब्ध गराइएकामा विपद् प्रभावित, आदिवासी जनजाति र दलित समुदायका व्यक्ति रहेका छन् । आगामी आवमा वडा नं ५, ६, ७ र ८ का बाढीजन्य विपद्बाट प्रभावित अति विपन्न परिवारका लागि आवास निर्माणका लागि योजना बनाइ कार्यान्वयन गरिने नगर प्रमुख चौधरीको भनाइ रहेको छ । 

“आवासको व्यवस्था नहुँदा असुरक्षित तरिकाले बस्दै आएका परिवारले सुरक्षित आवास पाएका छन” उनले भने, “नगर क्षेत्रमा बसोबास गर्ने सबै परिवार सुरक्षित आवासमा बसुन भन्ने चाहना अनुरूप योजनाबद्ध रूपमा कार्य गरिरहेका छौँ ।”

प्रतिक्रिया दिनुहोस