६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्ववियु निर्वाचन : ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी समूहद्वारा दर्ता

अ+ अ-

वीरगञ्ज (पर्सा) । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आसन्न निर्वाचनका लागि वीरगञ्जको चर्चित ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी संघ, संगठन र समूहले दर्ता गरेका छन् । 

ठाकुरराम बहुमुखी क्याम्पसमा २०६५ सालयता स्ववियु निर्वाचन हुन सकेको छैन । जसकारणले यस वर्ष यहाँ हुने स्ववियु निर्वाचनमा विद्यार्थीको उत्साहजनक उपस्थिति हुने छनक देखिएको छ । स्ववियु निर्वाचन अधिकृत दिलीप सिंहले निर्धारित समयभित्र ३४ विद्यार्थी संघ, संगठन र समूहले दर्ता गरेको जानकारी दिए । “स्ववियु निर्वाचनका लागि संघ, सङ्गठन र समूह दर्तामा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ, नेपालका अधिकांश विद्यार्थी संगठनको साथसाथै विद्यार्थीहरूका विभिन्न समूहले पनि दर्ता गराउनुभएको छ”, उनले भने ।

नेपाल विद्यार्थी संघ पर्साका पूर्वअध्यक्ष दिलीपराज कार्कीले ठाकुरराममा स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको नेतृत्व विकासमा असर पार्दै आइरहेको बताए । “स्ववियु निर्वाचन लोकतान्त्रिक अभ्यासको एउटा अनुपम नमूना हो । त्यहाँबाट निर्वाचित नेतृत्वले विद्यार्थीको हकहित र समग्र क्याम्पसको विकासमा साझेदारी भएर काम गर्न सक्छन् । तर, दुर्भाग्य यहाँ निर्वाचन नहुँदा कयौँ विद्यार्थीको नेतृत्व गर्न चाहनेका लागि भने घाटा हुँदै आइरहेको छ”, उनले भने, “निर्वाचनमा जितहार सामान्य कुरा हो । लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचन हुनैपर्छ । त्यसमा सबै विद्यार्थी संघ, संगठनले निर्वाचन प्रक्रियालाई अघि बढाउन हातेमालो गरेर अघि बढ्न जरुरी भइसकेको छ ।” 

त्यसैगरी, वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा पनि चार विद्यार्थी  संगठनले दर्ता गरेका छन् । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिकाअनुसार सोमबार निर्वाचनका लागि संघ, संगठन र समूह दर्ता गर्ने कार्यक्रम थियो ।

वीरगञ्ज नर्सिङ क्याम्पसका सूचना अधिकारी सुरेन्द्र ओझाले वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनका लागि चार विद्यार्थी संगठनले दर्ता गरेको जानकारी दिए ।  “बिहान ११ बजेदेखि तीन बजेसम्म दर्ताको समय तोकिएको थियो”, उनले भने, “निर्धारित समयमा चार विद्यार्थी संगठनले दर्ता गराउनुभएको छ ।” 

क्याम्पसका अनुसार अगामी चैत ५ गते हुने निर्वाचनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले स्ववियु निर्वाचनका लागि संघ, संगठन दर्ता गरेका छन् ।

दर्ता गर्न आएका विद्यार्थी सङ्गठन आफ्ना प्रतिनिधिसहित आएका थिए । त्रिविले सार्वजनिक गरेको स्ववियुको निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने  तोकिएको छ । त्यस्तै फागुन २५ गते दिउँसो १ बजेसम्म मतदाता सूचीउपर दाबी विरोध गर्ने समय तोकेको छ भने सोही दिन बेलुका ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ । फागुन २६ गते बिहान ११ देखि २ बजेसम्मको अवधिमा उम्मेदवारको मनोनयपत्र वितरण गर्ने, फागुन २७ गते  उम्मेदवारको नामावली प्रकाशन गर्ने छ र चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस