काठमाडौँ । लोक सेवा आयोगले विद्यालय निरीक्षक पदका लागि उम्मेदवारहरूको परीक्षा केन्द्र निर्धारण गरेको छ ।
केन्द्रीय काठमाडौँ आयोगले सोमबार एक सूचनामार्फत विद्यालय निरीक्षक पदका लागि उम्मेदवारहरूको परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो ।
केन्द्रीय कार्यालयको वि.नं. १७३३७-१७३४१/०८१-८२ (खुला/समावेशी) नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प. तृतीय श्रेणी (प्राविधिक)विद्यालय निरीक्षक पदका लागि पोखरा परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा निर्धारण गरिएको आयोगले जनाएको छ ।

